नेभिगेसन मेनु

थुनुवाका लागि पुस्तकालय स्थापना
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-25 13:28

Hirasat-ma-pustakalaya

पुस ९ गते । कैलालीको गोदावरी नगरपालिका अत्तरियास्थित मालाखेती इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा पुस्तकालय स्थापना गरिएको छ ।

थुनुवाहरुका लागि इलाका प्रहरी कार्यालयले हिरासत कक्षमा पुस्तकालय स्थापना गरेको हो । थुनुवाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ पुस्तकालय स्थापना गरिएको मालाखेती इलाका प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक गणेश बरालले बताउनु थदभयो ।

पुस्तक पढेर थुनुवाहरुको सोंच, आचरण, व्यवहारमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ । पुस्तकालयमा नेपालका विभिन्न लेखकद्वारा लिखित पुस्तकदेखि लिएर धार्मिक ग्रन्थ, लोकसेवा तयारीको पुस्तकसमेत राखिएको छ ।

नेपाल प्रहरी कार्ययोजना २०८० तथा कार्य सम्पादन सम्झौतानुसार थुनुवा कक्षमा पुस्तकालय स्थापना गरिएको इप्रका मालाखेतीले जानकारी दिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर