नेभिगेसन मेनु

प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-11 13:00

Badminton

पुस २५ गते । नेपालगन्जमा पहिलो पटक ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ सञ्चालन हुने भएको छ ।

बुधवार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजनामार्फत बाँके जिल्ला ब्याडमिन्टन सङ्घले आगामी माघको ११ देखि १३ गतेसम्म नेपालगन्जको कभर्डहलमा प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी गराएको हो ।

सङ्घका अध्यक्ष सञ्जय थापाले बाँके जिल्लामा पछिल्ला बर्सहरूमा खेलाडीहरूको उपस्थिति कम हुँदै गएपछि नयाँ पुस्ताका खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल बी लेवल र ४५ प्लस भेट्रान्स डबल्स गरी पाँच वटा विधा राखिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

राष्ट्रिय खेलाडीहरूले समेत सहभागिता जनाउने उक्त प्रतियोगितामा देशभरका करिब १ सय ५० जना खेलाडीको सहभागिता रहने र राष्ट्रिय स्तरका रेफ्री तथा अम्पायरहरूद्वारा प्रतियोगिता सञ्चालन गराइने अध्यक्ष थापाले जानकारी दिनुभयो ।

बाँके जिल्लाबाट ब्याडमिन्टनमा खेलमा १८ पुरुष र चार महिला गरी २२ जना खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेको बताउँदै अध्यक्ष थापाले राष्ट्रिय प्रतियोगितामा बाँके जिल्ला नेपाल च्याम्पियन भई गौरवमय इतिहास रचेको बताउनुभयो । उहाँले यहाँका खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ दसौँ दक्षिण एसियाली ब्याडमिन्टन प्रतियोगितामा काँस्य पदक जितेर  गर्भिलो इतिहास बनाएको पनि जानकारी गराउनुभयो ।

प्रतियोगितामा विजयी हुने खेलाडीहरूलाई ट्रफी, पदक, प्रमाणपत्रसहित नगद पुरस्कारको व्यवस्था गरिएको बाँके जिल्ला ब्याडमिन्टन सङ्घले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर