नेभिगेसन मेनु

‘संघ र प्रदेशको काम स्थानीय तहले गरिदिँदा आपत्ति किन ?’
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-12-18 15:14

balen2023-12-18-11-13-57

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले संघ र प्रदेश सरकारले गर्नुपर्ने काम स्थानीय सरकारले गरिदिँदा किन आपत्ति मानेको भनेर प्रश्न गरेका छन् । सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा बोल्दै मेयर साहले उपत्यकाको फोहोर व्यवस्थापन गर्न स्थानीय तहलाई बाधा अड्काउ परेकाले प्रधानमन्त्रीसँग बाधा अड्काउ फुकाउ गरिदिन आग्रह गरे ।

उनले उपत्यकाको फोहोर व्यवस्थापन सयौँ वर्षका लागि दीर्घकालीन होस् भन्ने जनताको चाहना भएकाले संघीय सरकारको यसमा ध्यान जानुपर्नेमा जोड दिए । ललितपुरमा खोला अतिक्रमण र काठमाडौंमा फुटपाथ अतिक्रमण भएकाले छिट्टै नै यो समस्याको पनि हल हुने बताए । उनले काठमाडौंलाई पनि ललितपुरजस्तै उज्यालो बनाउने अभियानमा आफू लागिरहेको उल्लेख गरे । 

स्थानीय तहले गरेको काममा संघ र प्रदेश सरकारले बाधा पुर्‍याएकोप्रति आपत्ति जनाउँदै मेयर साहले भने, ‘प्रदेशले गर्नुपर्ने काम स्थानीय तहले गरिदिँदा प्रदेश सरकार खुसी हुनुपर्नेमा झन् बाधा सिर्जना गर्नमा लागेको छ । मेरो काम तपाईंहरूले गरिदिनुहोस् म त खुसी हुन्छु । तपाईंहरूको काम मैले गरिदिँदा किन दुःखी ? यसअघि नै फोहोर व्यवस्थापनको काम संघीय सरकारले गरिदिएको भए हामीले किन गर्नुपर्थ्याे ?’ उनले प्रश्न गरे । हामीले अधिकारसँगसँगै कर्तव्य पूरा गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिए । विकासका काम गर्दा अधिकार खोसिएको भनेर बुझ्न नहुने उल्लेख गरे । उनले भने, ‘यो हाम्रो अधिकार होइन कर्तव्य हो ।’ 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर