नेभिगेसन मेनु

पूर्वगृहमन्त्री खाणको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ जारी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-14 15:56

thumb-1

मङ्सिर २८ गते । उच्च अदालत पाटनमा नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री बालकृष्ण खाणले दिनुभएको निवेदनमाथि सुनुवाइ जारी रहेको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाइ भइरहेको छ ।

यसअघि मङ्सिर १५ गते अरुका हकमा राय मिलेको भए पनि खाणको हकमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा सुनुवाइ हुन लागेको हो ।

पूर्व गृहमन्त्री खाणका विषयमा न्यायाधीशद्वयकोे राय बाझिएको थियो । न्यायाधीश पाण्डेले ३० लाख धरौटीमा रिहाको आदेश गर्न र अर्का न्यायाधीश खरेल थुनामै राख्न आदेश भएको थियो । यसैले खाणको विषय तेस्रो न्यायाधीशसमक्ष पेस भएको हो ।

आज सुनुवाइ गर्नुहुने न्यायाधीशले यसअघिका दुईमध्ये जुन न्यायाधीशको राय समर्थन गर्छन्, त्यही आदेश कार्यान्वयन हुनेछ । तर यी न्यायाधीशले अघिका दुई बाहेक तेस्रो राय दिएमा निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ ।

उच्च अदालत पाटनले मङ्सिर १५ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, आङटावा शेर्पासहित नौ जनालाई थुनामै राख्न आदेश दिएको थियो ।

भुटानी शरणार्थीका नेता टेकनाथ रिजालसहित केहीलाई भने अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर