नेभिगेसन मेनु

चिसोले सकसमा भूकम्पपीडित : जाजरकोटमा पाँचजनाको मृत्यु
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-11-18 14:16

vukampa-pidit-jajarkot2023-11-18-06-23-40

जाजरकोटमा चिसोबाट पाँचजना भूकम्पपीडितको ज्यान गइसकेको छ । १७ कात्तिकको भूकम्पका कारण घरबारविहीन भएकाहरू त्रिपालमुनि बसिरहेका छन् । चिसो बढेसँगै दीर्घरोगी, सुत्केरी तथा गर्भवती महिला, वृद्धवृद्धा र बालबालिका समस्यामा परेका छन् । 

वीरबहादुर गिरी, अध्यक्ष, बारेकोट गाउँपालिका, जाजरकोट

बारेकोट गाउँपालिका–१ रामीडाँडाका डुमे पुन भूकम्पपछि त्रिपालमा बस्दै आउनुभएको थियो । चिसोका कारणले शुक्रबार उहाँको ज्यान गएछ ।

शुक्रबार बिहान मात्रै बारेकोट गाउँपालिका– १ रामीडाँडाका डुमे पुनको चिसोबाट मृत्यु भएको छ । ‘उहाँ त्रिपालमा बस्दै आउनुभएको थियो । चिसोका कारणले ज्यान गएछ,’ बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले भने । 

त्यसअघि भेरी नगरपालिका– २ का ८८ वर्षीय धुलेश्वर कार्कीको मंगलबार र बारेकोट गाउँपालिका– ४ जिरीका नरेन्द्रबहादुर सिंहको बुधबार ज्यान गएको थियो । त्यसअघि २४ कात्तिकमा नलगाड नगरपालिका– ४ का ८४ वर्षीय गोपालबहादुर रावल र ४८ वर्षीया पम्फा रावलको ज्यान गएको थियो । कार्की, सिंह, गोपालबहादुर दमका बिरामी थिए भने पम्फा निमोनियाबाट पीडित थिइन् । 

चिसो बढेसँगै जाजरकोटमा भूकम्पपीडित बिरामी पर्न थालेका छन् । रामीडाँडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी सपना बुढाले भनिन्, ‘दिनमै ५० जना बिरामी स्वास्थ्य चौकीमा आइरहेका छन् । अधिकांशमा ज्वरो आउने, बान्ता हुने समस्या देखिएको छ ।’ 

जाजरकोटका सिडिओ सुरेश सुनारले पीडितमा स्वास्थ्य समस्या देखिने जोखिम भएकाले आवश्यक तयारी थालिएको बताए । ‘मंसिरभित्र अस्थायी आवास बनाएर पीडितको व्यवस्थापन गर्न प्रक्रिया अगाडि बढाइनेछ,’ उनले भने, ‘अहिले पहिलो चरणको काम सकेर अस्थायी वास व्यवस्थापन थालिएको छ ।’ 

अध्यक्ष गिरीले त्रिपाल, कम्बल, न्यानो कपडा, म्याटलगायतका दुई हजार सेट राहत सामग्री तत्काल आवश्यक रहेको बताए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर