नेभिगेसन मेनु

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पत्रकार ढुंगानाका तस्वीर प्रदर्शन
सम्पादक:南亚网络电视
समय:2023-12-12 12:56

387413809_1557470931492246_4232292140273230151_n1702354600

११ औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फोटोपत्रकार दिपेन्द्र ढुंगानाका तस्वीर प्रदर्शन गरिएको छ । चार दिनसम्म पर्यटन बोर्डमा चलेको महोत्समा ढुंगानाका तस्वीर प्रदर्शनीमा राखिएको हो ।

मानव अधिकारसम्बन्धी अवधारणामा उनका फोटो प्रदर्शनका लागि छानिएको थियो । सामूहिक अधिकार सहितको नारामा आयोजित महोत्सवमा आवेदनबाट छानिएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ फिल्म महोत्सवमा देखाइएको छ ।

नेपाललगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्यान्ड, म्यान्मार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्की, क्रोएसिया, इटली, आयरल्यान्ड, किर्गीस्तान, जर्जिया, पोल्यान्ड, ताजिकिस्तान, नर्वे, युक्रेन, बंगलादेश र भारतबाट प्राप्त मानव अधिकारका विषयमा केन्द्रित फिल्म र वृत्तचित्र महोत्सवमा देखाइएको थियाे । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर