नेभिगेसन मेनु

पुरिएका एक्साभेटर चालकको १८ घण्टापछि उद्धार
सम्पादक:南亚网络电视
लेखक:नागरिक दैनिक
समय:2023-11-11 13:22

sdfghas

कालिकोट कार्तिक २५ गते । कालिकोट जिल्लाको शुभ कालिका गाउँपालिका वडा नं १ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा परिएका  एक्साभेटर  चालकको १८ घण्टा पछि उद्धार गरिएको छ ।  एक्साभेटर  सडक चौडा गरिरहेका बेला माथिबाट आएको सुख्खा पहिरोले  एक्साभेटरसँगै पुरिएका चालकको शरीर क्षतविक्षत भएको अवस्थामा उद्धार गरिएको हो । 

कर्णाली कोरिडोर जोड्ने जिरो प्वाइन्टको सडक मर्मत गरिरहेका बेला माथिबाट चट्टान खस्दा  एक्साभेटर पुरिँदा अपरेटर (चालक) को घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुने चालक पचालझरना गाउँपालिका वडा नं ८ खडितोलीका वर्ष ३० का धीर सज्याल रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाले सडक फराकिलो गरिरहेका बेला माथिबाट आएको पहिरोले  एक्साभेटर ले च्यापेका कारण चालक भाग्न नपाएको बताउनुभयो । 

प्रहरी निरीक्षक थापाले भन्नुभयो, चालकलाई कुनै सङ्केत नै भएन । एक्कासि चटान खसेपछि भाग्न सक्ने अवस्था भएन दुःखद घटना भयो । हिजो रात परेकाले अरु पहिरो खस्ने खतरा भएकाले उद्धार गर्न नसकिएको बताउनुभयो । बिहान उज्यालो भयो, अनि सबै लागेर क्षतविक्षत भएको शव निकालेको थापाले बताउनुभयो । शवको पोस्टमार्टमपछि आफन्तलाई बुझाइनेछ । चालक निर्माण व्यवसायी मुक्तिप्रसाद सज्यालका भाइ छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर