नेभिगेसन मेनु

मधेसमा पनि सिंगो देशको जस्तै भाषिक र सांस्कृतिक विविधता छ : राष्ट्रपति पौडेल
सम्पादक:南亚网络电视
लेखक:१२ खरी
समय:2023-10-13 16:19

Ramchandra-Poudel-1697183957

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेसमा पनि सिंगो देशको जस्तै भाषिक र सांस्कृतिक विविधता रहेको बताएका छन् । 

शुक्रबार मधेसी आयोगको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले मधेसी समुदाय नेपालको तराई क्षेत्रमा युगौँदेखि बसोबास गर्दै आएको बताए । मधेसी समुदायको भाषा, संस्कृति, भेषभूषा, परम्परा, सभ्यता र संस्कार सिंगै देशको जस्तै विविधता रहेको उनको भनाइ थियो । 

“नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । मधेसमा पनि भाषा, संस्कृति, भेषभूषा, परम्परा, सभ्यता र संस्कारमा सिंगै देशको जस्तै विविधता छ,” पौडेलले भने ।

पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम भएको बताए । देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवम् सहअस्तित्वका आधारमा विभिन्न जातजाति समुदायको भाषा, लिपी, संस्कृति, साहित्य कला र सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरणसम्बन्धी नीति रहेको बताए । 

प्रतिवेदन बुझाउदै मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोगले मधेस र मधेसीको परिभाषा तय गरेको बताउँदै मधेसी समुदायको जात र थरको पनि सूचीकरण गरेको जानकारी दिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर