नेभिगेसन मेनु

बानेश्वर नजिकै बागमती किनारमा युवकको शव
सम्पादक:南亚网络电视
लेखक:रासस
समय:2023-10-11 15:20

death

काठमाडौं, असोज २४ गते । काठमाडौं महानगरपालिका-३१ बानेश्वरस्थित तरकारी बजार अगाडि बागमती खोला किनारामा आज (बुधबार) एक युवकको शव भेटिएको छ ।

महानगरपालिकाको वडा नम्बर १० शङ्खमूल निवासी २० वर्षीय विकास महरा मृत अवस्थामा भेटिएका काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार निजको साथबाट प्रयोग गरिएको खाली सिरिञ्जको कभर थान एक, टिकटिके मोबाइल थान एक फेला परेको र निज लागू औषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर