नेभिगेसन मेनु

प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र बझाङ जानुहुँदै
सम्पादक:南亚网络电视
समय:2023-10-05 15:34

1693053852_samsad_bhawan-1200x560

काठमाडौं, असोज १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवलोकनका लागि भूकम्प प्रभावित जिल्ला बझाङ जानुहुने भएको छ । प्रधानमन्त्री प्रचण्डले बिहीबार सिंहदरबारमा बसेकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा शुक्रबार भूकम्प प्रभावित जिल्ला बझाङको अवलोकन गर्ने जानकारी दिनुभएको हो ।

‘‘सम्भावित विपद्जन्य घटनाका लागि पूर्व तयारी गर्नु र रहनुपर्ने हुन्छ । अहिले भूगर्भको स्थितिबारे केही जानकारी त छ, तर आम रुपमा नेपाल उच्च भूकम्प जोखिम क्षेत्रमा पर्छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘कुनै पनि बेला कहीँ पनि यस्तो स्थिति आउनसक्छ । त्यसैले हुनसक्ने तयारी गर्नुपर्छ । परिषद्को अध्यक्षको नाता र प्रधानमन्त्रीको नाताले पनि एकपटक बझाङमै गएर प्रत्यक्ष अवलोकन गर्ने र त्यो रिपोर्ट आइसकेपछि स्टेप चाल्नेछौँ ।’’

यसैगरी, प्रधानमन्त्री प्रचण्डले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन पनि दिनुभएको छ । मङ्गलबार दिउँसो ३ः०६ बजे को समयमा बझाङ केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर