नेभिगेसन मेनु

बझाङ भूकम्प पीडितको तत्काल उद्धार र पुनर्स्थापना गर्न प्रधानमन्त्रीको निर्देशन
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-05 12:59

dsfgnjh

काठमाडौँ, असोज १८ गते । बझाङमा मङ्गलबार गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनर्स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२ औ बैठकमा बोल्नुहुँदै उहाँले तत्काल उद्धारसँगै पुनर्निर्माणका काम अगाडि बढाउन निर्देशन दिनुभएको हो । 

आवश्यक निर्णय तथा कार्यान्वयनका कार्यका बारेमा परिषद्को बैठकमा गम्भीर छलफल भएको थियो । प्रभावित जनतालाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आर्थिक तथा अन्य सहयोगको लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन दिइएको छ। 

प्राकृतिक विपद्ले सिर्जना गरेको सङ्कटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी भएको उहाँको भनाइ छ। सरकारका तर्फबाट राहत, उद्धार, उपचार , पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने उहाँले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर