नेभिगेसन मेनु

ठमेल रातभरि खोल्न दिने तयारी
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-10-03 14:06

thamel2022-12-02-07-56-09

रात्रि व्यवसायको केन्द्र रहेको ठमेलमा रातभरि व्यवसाय सञ्चालन गर्न दिन प्रहरीले तयारी थालेको छ । शान्तिसुरक्षाको अवस्था थप चुस्त बनाई रात्रिकालीन व्यवसाय सञ्चालनमा प्रहरी–प्रशासन उदार बन्न लागेको हो । 

विगतमा नै जिल्ला सुरक्षा समितिले यससम्बन्धी निर्णय गरिसकेको छ । तर, पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । गत ३१ भदौमा सो निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले फेरि परिपत्र गरेपछि प्रहरीले त्यहाँको शान्ति सुरक्षाको जोखिम मूल्यांकन गरी त्यहीअनुसार तयारी थालेको हो । 

जिल्ला प्रहरीपरिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) भूपेन्द्रबहादुर खत्री ठमेल क्षेत्रलाई रातभरि सञ्चालन गर्न दिने तयारी भइरहेको बताउँछन् । ‘ठमेललाई २४सै घन्टा खोल्ने पक्षमा हामी छौँ,’ उनी भन्छन्, ‘यसका लागि सरोकारवालासँग छलफलमा छौँ, शान्ति सुरक्षामा पूर्ण तयारी गरेपछि कार्यान्वयनमा जान्छौँ ।’ खासगरी सिसिक्यामरालगायत प्रविधिको प्रयोगबाट शान्ति सुरक्षा बलियो बनाउने र सम्बन्धित व्यवसायीलाई नै थप जिम्मेवार बनाउने प्रहरीको योजना छ । 

१३ मंसिर २०७९ को जिल्ला सुरक्षा समितिको बैठकले नै ठमेलमा व्यवसाय गर्ने समय बढाएको थियो । सो बैठकले क्लब र डिस्को ४ बजेसम्म, डान्सबार, दोहोरी तथा लाउन्ज बारलाई २ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको थियो । अन्य रेस्टुरेन्टलाई १२ बजे र मदिरा पसललाई १० बजेको समयसीमा तोकिएको छ । तर, यो निर्णय कार्यान्वयन हुन सकेको छैन । केही पहुँचवाला व्यवसायीले मात्र रातभरि सञ्चालन गर्दै आएका छन् । 

ठमेल विकास पर्यटन परिषद्का अध्यक्ष भवी शर्मा ठमेलमा रातभरि व्यवसाय चलाउन गृह र पर्यटन मन्त्रालयसँग समन्वय भइरहेको बताउँछन् । ‘सुरक्षित र मर्यादित तरिकाले रातभरि व्यवसाय चलाउन आचारसंहिता बनाउन सबै पक्षसँग छलफल गरिरहेका छौँ,’ उनले भने, ‘रातभरि चलाउने र भेहिकल फ्री जाने बनाउनेलगायत विषयमा तयारी भइरहेको छ ।’ 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर