नेभिगेसन मेनु

नासमना टोलको चर्तुमुखी शिवलिंग भियनाको लिलाम गृहमा
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-10-03 13:46

thumb

काठमाडौँ — भक्तपुरको ब्रम्हपर चोक, नासमना टोलबाट ३० वर्षअघि चोरिएको चर्तुमुखी शिवलिंग अस्ट्रियाको भियनास्थित एक लिलाम गृहमा बिक्री भएको पाइएको छ ।

चोरिएका/हराएका सम्पदाको खोजबिन र घरफिर्तीमा जुटेको अभियान 'लस्ट आर्टस् अफ नेपाल'का अनुसार भियनाको ग्यालरी ज्याके लिलाम गृहमा भक्तपुरको पुरातात्विक शिवलिंग फेला परेको हो । भियनासम्म के कसरी र कुन माध्यमबाट पुगेको हो नखुलाइए पनि यो सम्पदा २०२२ मार्च ११ मा बिक्री भएको पाइएको छ ।

सत्रौं शताब्दीको सम्पदा प्रमाणित गरिएको यो शिवलिंगको सन् १९९३ तिर स्थानीय बासिन्दा नारायणप्रसाद झाले लिएको मूल तस्बिरका आधारमा तुलनात्मक अध्ययन गर्दा उत्पत्तिको पहिचान खुलेको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर