नेभिगेसन मेनु

नाका खुलेको तीन दिनमै सुन तस्करी
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-09-29 12:54

gold2022-04-29-06-06-39 (1)

दोलखाको बिगु गाउँपालिकास्थित सिँगटी बजारमा बरामद सुन उत्तरी नाका लामाबगरको फलेकबाट नेपाल भित्र्याइएको खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणका क्रममा तीन दिनअघि मात्रै उक्त नाका खुला गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय दोलखाले बुधबार राति चार किलो सुन बरामद गरेको थियो । बिहीबारको बजार भाउअनुसार बरामद सुनको मूल्य ३ करोड ७७ लाख ४७ हजार आठ सय पाँच रुपैयाँ पर्छ । उक्त सुन बिगु गापा– १ का १८ वर्षीय पेम्बा तामाङले नेपाल भित्र्याएका थिए ।

उनलाई चिनियाँ नागरिकले काठमाडौं लैजान उक्त सुन दिएका थिए । उनले सुन लुकाउन बिगु गापा– १ का २८ वर्षीय केशर तामाङलाई दिएका थिए । केशरले उक्त सुन बिगु गापा– ३ जामुनेस्थित डेरामा लगी राखेका थिए ।

सोही क्रममा प्रहरीले सुन बरामद गरेको हो । जिप्रका प्रमुख डिएसपी दीपक खड्काले उत्तरी नाका फलेकबाट नेपाल ल्याइएको चार किलो सुन बरामद भएको जानकारी दिए । ‘अवैध तवरले सुन भित्रिएको सूचनापछि प्रहरी खोजीमा जुट्यो ।

यही क्रममा सिँगटीस्थित केशर तामाङको डेराबाट सुनका चारवटा बिस्कुट बरामद भए । खोजी गर्दै जाँदा उक्त सुन पेम्बा तामाङले नेपाल भित्र्याएको देखिन्छ । घटनामा एक चिनियाँ नागरिक पनि संलग्न छन् । उनलाई भने पक्राउ गरिएको छैन,’ उनले भने । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर