नेभिगेसन मेनु

धार्मिक भ्रमणमा देवघाट आएका दुई युवक स्नान गर्ने क्रममा बेपत्ता
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-09-28 16:03

bepatta-gayab-missing

पवित्र तीर्थस्थल देवघाटमा भ्रमणमा आएका दुई युवक नारायणी नदीमा स्नान गर्ने क्रममा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारत आसाम घर भई अहिले धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा संस्कृत पढ्ने वर्ष १९ का भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका– ३ मिलनचोक बस्ने वर्ष १७ का पंकज दाहाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

धनगढी उपमहानगरपालिका र लक्ष्मीनारायण मन्दिरको संयुक्त भ्रमणमा उनीहरू देवघाट आएका थिए । नदीमा नुहाउने क्रममा बेपत्ता भएको भन्ने खबर बिहान ७ बजे प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट देवघाट र वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको टोलीले बेपत्ता भएकाको खोजीकार्य गरिरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर