नेभिगेसन मेनु

धान ढलेपछि किसान चिन्तित
सम्पादक:南亚网络电视
समय:2023-09-24 17:18

ण

देउखुरी, असौज ७ गते । हावासहितको वर्षाका कारण धान ढलेपछि किसान चिन्तित बनेका छन् । धान काट्न तयार हुँदैगरेको अवस्थामा ढलेपछि किसानले चिन्ता व्यक्त गरेका हुन् ।

दाङ देउखुरी उपत्यकाको खेतमा लगाएका धान हावा र वर्षाका कारण ढलेको छ । धान ढलेपछि कुहिने र गेडा काम लाग्ने अवस्थामा नहुने किसान शम्भु चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो झन्डै एक बिघा क्षेत्रफलमा लगाएको मध्ये आधाभन्दा बढी धान ढलेको छ, केही उठाएर बाँधेको छु, तर कुहिएर काम लाग्लाजस्तो लाग्दैन ।’

लमही नगरपालिका–६ देउपुरका माधव खत्रीले पनि ढलेको धान उठाउनकै लागि मजदुर लगाएको जानकारी दिनुभयो । धान स्याहार्ने बेलामा ढलेपछि धान उठाउनुपर्ने भएपछि लागत बढेको र उत्पादन घट्ने चिन्तामा उहाँ हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘अब केही दिनमा काट्न तयार हुँदैथियो, ढलेको धान काट्न तयार पनि भएको छैन, उठाएर केही हुन्छकि भनेर उठाएको छु ।’ 

किसानले धान उठाएर बाँधे पनि डाँठ कुहिन थालेको छ, किसानका अनुसार उठाएको धान पनि काम लाग्ने अवस्थामा छैन । धान ढलेको बारेमा स्थानीय सरकारसँग वास्तविक तथ्याङ्क नभए पनि नपाक्दै धान ढलेपछि उत्पादन घट्ने कृषि विज्ञहरूको भनाइ छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर