नेभिगेसन मेनु

मुगु सदरमुकाममा भीषण आगलागी : ८ घर र ९ पसल जलेर नष्ट, करोडौंको क्षती
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-09-23 14:14

aaglagi-mugu2023-09-23-07-56-06

मुगुकाे सदरमुकाम गमगढी तल्लो बजार कालीकामाली मन्दिर तलतिर आगलागी हुँदा ८   घर  र ९  वटा पसल गोदाम जलेर पुर्ण रुपमा नष्ट भएका छन् । शुक्रबार राती अन्दाजी १२ तिर  बजे   आगलागी हुँदा   ८ घर र  ९ वटा पसल जलेर  पुर्ण रुपले नष्ट भएका हुन ।

आगलागीबाट गमगढी बजारको पुतली शाहीको घरदेखि तार्के लामाको घरसम्म रहेका ८ वटा घर  र ती घरमा रहेका ९ वटा पसल गोदाम जलेर नष्ट भएका छन् । तार्के लामा, सोनाम लामा, जङ्ग ऎडि, सान्तोना खत्री, पन्च सेजुवाल, पिआर मल्ल,  प्रदिप रावल र पुतली शाहीको घर जलेका हुन् । 

जलेका पसलहरुमा महम्म्त साकिर कवडिया टेलर्ष, साजन सल्मानीहेयर  कटिङ, सेर बहादुर मल्लको मोवाइल पसल, रुपदेवी बुढा तरकारी पसल,उद्दिम भाम होटेल,पिआर मल्ल फेन्सी पसल,लक्ष्मी मल्ल होटेल, नरेश शाही कम्प्युटर पसल र पुर्णा लक्ष्मी मल्लको  ग्यास  सिलिण्डर गोदाम रहेको छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना, नगर प्रहरी र स्थानीय बासिन्दाहरू खटिएका छ्न् ।आगो  कसरी लाग्यो भन्ने कुराको जानकारी प्राप्त हुन सकेको छैन भने क्षतिको एकिन विवरण आउन बाँकि  रहेको प्रहरीले जनाएको छ । रातिको समयमा आगलागी भएपनि कुनै मानवीय क्षति भने भएको छैन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर