नेभिगेसन मेनु

आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न समिति गठन
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-17 14:27

काठमाडौं, भदौ ३१ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनरत चिकित्सकहरुसँग वार्ता गर्न समिति गठन गरेको छ ।

मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमद्वारा जारी विज्ञप्तिमा अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटाको नेतृत्वमा वार्ता समिति गठन गरिएको उल्लेख छ ।

सहसचिव गौतमले पाँच सदस्यीय वार्ता समिति गठन गरिएको बताउनुभयो । समितिले आन्दोलनरत नेपाल चिकित्सक संङ्लाई वार्तामा बोलाएको छ ।

डाक्टर कुटपिटको विरोधमा नेपाल चिकित्सक सङ्घको आह्वानमा चिकित्सकहरुले आइतबार देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन् ।

चिकित्सकहरुले सुरक्षाको माग गर्दै आज अस्पताल र स्वास्थ्य संस्थाहरु ठप्प पारेका हुन् । यही भदौ २७ गते हेटौंडास्थित सञ्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो ।

हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै थापा र बिडारीमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई गत बिहीबार पक्राउ गरेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर