नेभिगेसन मेनु

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेट
सम्पादक:南亚网络电视
समय:2023-09-16 15:18

Ram-chandra-poudel-and-Prachanda

काठमाडौं, भदौ ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र सङ्घको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन आज (शनिबार) साँझ न्यूयोर्क प्रस्थान गर्नुहुँदैछ । उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुँदै संयुक्त राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्यूयोर्क प्रस्थान गर्न लाग्नुभएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर