फुटबलको सबैभन्दा ठूलो व्यक्तिगत पुरस्कार मानिएको बालोन डि‘ओरको प्रारम्भिक सूची सार्वजनिक भएको छ ।
आयोजक संस्थाले बुधवार राति ३० जनाको प्रारम्भिक सूची सार्वजनिक गरेको हो । उक्त सूचीमा पोर्चुगलका विश्वविख्यात फरवार्ड क्रिस्टियानो रोनाल्डोको ना मभने छैन ।
२० वर्षयता रोनाल्डो ३० जनाको सूचीबाहिर परेको इएसपीएनले जनाएको छ ।
रोनाल्डो बालोन डि‘ओर अवार्डका पाँच पटकका विजेता हुन् । पछिल्लो समय रोनाल्डो युरोप छोडेर एसियातर्फ आएका छन् । उनी अहिले साउदी अरेबियाको क्लब अल नासरबाट व्यावसायिक फुटबल खेल्छन् ।
अर्कोतिर रोनाल्डोका लामो समयका प्रतिस्पर्धी लियोनल मेसी भने सूचीमा अटाएका छन् । मेसी पनि यसै वर्ष युरोप छोडेर अमेरिकाको इन्टर मायमीमा आबद्ध भएका छन् । यद्यपि, गत वर्ष आफ्नो कप्तानीमा अर्जेन्टिनालाई विश्वकप जिताएका मेसी अवार्डका प्रमुख दाबेदारमध्ये एक हुन् ।
यसैगरी, म्यानचेस्टर सिटीका नर्वेजियन स्ट्राइकर अर्लिङ हालाण्डलाई पनि अर्का प्रमुख दाबेदार मानिएको छ । उनले सिटीका लागि च्याम्पियन्स लिगसँगै तीन उपाधि जित्न सफल भएका छन् ।
३० जनाको सूचीमा मेसीसँगै विश्वविजेता अर्जेन्टिनाका तीन खेलाडी छन् । लाउटारो मार्टिनेज र जुलियन अल्भारेज सूचीमा अटाएका हुन् ।
त्यस्तै, च्याम्पियन्स लिग विजेता सिटीबाट सात खेलाडी छन् । हालाण्डसँगै केभिन डी ब्रुयने, रुबिन डियास, विश्व विजेता अल्भारेज, बर्नान्डो सिल्भा, रोड्री र हालै बार्सिलोना गएका एकाई गुन्डोगान छन् ।
यस्तो छ प्रारम्भिक सूची:
जोस्को ग्वार्डिओल – म्यानचेस्टर सिटी
जमाल मुसियाला – बायर्न म्युनिख
आन्द्रे ओनाना – म्यानचेस्टर युनाइटेड
करिम बेन्जिमा – अल इत्तिहाद
मोहमद सलाह – लिभरपुल
बुकायो साका – आर्सनल
केभिन डी ब्रुयने – म्यानचेस्टर सिटी
जुड बेलिङ्घम – रियल मड्रिड
रेन्डल कोलो मुनी – पीएसजी
बर्नार्डो सिल्भा – म्यानचेस्टर सिटी
ख्विचा क्वारत्सखेलिया – नापोली
निकोलो बरेला – इन्टर मिलान
एमिलियानो मार्टिनेज – एस्टन भिल्ला
रुबेन डियास – म्यानचेस्टर सिटी
अर्लिङ हालाण्ड – म्यानचेस्टर सिटी
मार्टिन ओडेगार्ड – आर्सनल
एकाई गुन्डोगान – बार्सिलोना
यासीन बौनौ – सेभिया
जुलियन अल्वारेज – म्यानचेस्टर सिटी
भिनिसियस जुनियर – रियल मड्रिड
रोड्री – म्यानचेस्टर सिटी
एन्टोनी ग्रिजम्यान – एट्लेटिको मड्रिड
लियोनल मेसी – इन्टर मियामी
लाउटारो मार्टिनेज – इन्टर मिलान
रोबर्ट लेवान्डोस्की – बार्सिलोना
किम मिन जे – बार्यन म्युनिख
लुका मोड्रिच – रियल मड्रिड
केलियन एम्बाप्पे – पीएसजी
ह्यारी केन – बायर्न म्युनिख
विक्टर ओसिम्हेन – नापोली ।