नेभिगेसन मेनु

प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा फाइनल भइसकेको छैन– परराष्ट्रमन्त्री
सम्पादक:南亚网络电视
समय:2023-09-07 15:47

saud_madhav_nepal_iaEiFh1wyi

परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणका एजेण्डा अझै फाइनल भइनसकेको बताएका छन् । उत्तरी सीमा नाका सञ्चालनलगायत केही एजेण्डामा छलफल चलिरहे पनि फाइनल नभएको उनको भनाइ थियो । 

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बिहीवार मन्त्री साउदले प्रधानमन्त्रीको भ्रमणका एजेण्डामा छलफल चलिरहेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्ड असोज ४ गते अमेरिकाको न्युयोर्कबाट चीन प्रस्थान गर्ने कार्यक्रम छ । 

चीन भ्रमणको एजेण्डाबारे छलफल गर्न समितिले प्रधानमन्त्री प्रचण्डलाई आमन्त्रण गरे पनि उनी उपस्थित भएनन् । प्रधानमन्त्री उपस्थित नभएपछि परराष्ट्र मन्त्रीसँग सदस्यहरूले जानकारी लिएका छन् । केही दिनअघि पोखरामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका बेला पोखरा र लुम्बिनीमा सीधा उडानको प्रस्ताव गर्ने बताएका थिए । 

यस्तै क्रस बोर्डर ट्रान्समिसन लाइन बनाएर चीनतर्फ उर्जा व्यापार गर्ने प्रस्तावमा पनि छलफल हुने जानकारी गराएका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर