नेभिगेसन मेनु

नेपाल बैङ्क र एडिबीबिच सम्झौता
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-05 15:30

1693562863-JcVOv

काठमाडौँ, भदौ १६ गते । नेपाल बैङ्क लिमिटेडले एसियाली विकास बैङ्कसँग व्यापार वित्तीय क्षमता अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

बैङ्कले एसियाली विकास बैङ्क (एडिबी) सँगको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स कार्यक्रम अन्तर्गत सम्झौता गरेको हो । कार्यक्रमले व्यापार वित्तीय आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्तर्राष्ट्रिय व्यापार र विकासलाई टेवा पु-याउने अपेक्षा गरिएको छ । २०२२ मा एडिबी टिएससिएफपीले गरेको १० हजारभन्दा बढी व्यावसायिक कारोबारमार्फत ७.७ बिलियन डलरभन्दा बढीको व्यापारिक सहयोगमध्ये ६० प्रतिशतभन्दा बढी साना र मध्यम आकारका व्यवसायहरू रहेको बताइएको छ ।

नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेड एडिबी टिएससिएफपीसँग साझेदारी गर्ने पहिलो नेपालको सरकारी बैङ्क भएको छ । सम्झौताले २०० भन्दा बढी देशहरूबाट अन्तर्राष्ट्रिय व्यापार गर्न सहयोग प्रदान गर्ने बताइएको छ । नेपाल बैङ्क लिमिटेडको वित्तीय अवस्था, संस्थागत सुशासन, जोखिम र अनुपालनका मुख्य क्षेत्रहरूमा व्यापक छलफल र सहकार्यपछि एसियाली विकास बैङ्कसँग यो सम्झौता हुन सम्भव भएको बैङ्कले जनाएको छ ।

सम्झौतामा एडिबी टिएससिएफपीका प्रमुख स्टिभन बेक, नेपाल बैङ्क लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले भन्नुभयो, “हामी एसियाली विकास बैङ्कसँग व्यापार वित्तीय सम्झौता गर्न पाउँदा खुसी छौँ र हामीले साना तथा मध्यम प्रकृतिका व्यवसायीबिच हाम्रो उपस्थितिलाई अझ बढाउँदै हाम्रा ग्राहकको व्यापारिक गतिविधिलाई सहयोग गर्न र कर्जा सुविधा उपयोग गराउन तत्पर छौँ ।”समारोहमा एडिबी नेपाल रेसिडेन्ट मिसनका प्रमुख अर्नाउड हेकमनको उपस्थिति रहेको थियो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर