नेभिगेसन मेनु

‘अर्थतन्त्र बलियो बनाउन स्थिर सरकार’
सम्पादक:南亚网络电视
समय:2023-08-26 15:14

ण

धनुषा, भदौ ९ गते  । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य शेखर कोइरालाले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था ठिक ढङ्गले नचलेकै कारण विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न डराइरहेका बताउनुभएको छ । 

मधेश प्रदेशको राजधानी जनकपुरधाममा शुव्रmबारदेखि सुरु भएको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था अन्तर्गतको नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको तेस्रो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सत्तामा बस्नेहरूले नै गलत काम गर्न थालेपछि देशको राजनीतिक अवस्था पनि भयावह अवस्थामा गइराखेको उल्लेख गर्दै उहाँले देश कता जाने हो भन्ने चिन्ता आमनेपालीमा छाएकाले राजनीतिक दलहरूले आफूलाई परिमार्जित गरी अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “विश्वका विभिन्न देशले हामीलाई नियालिरहेका छन् । हामीले हाम्रो देशमा सुशासन दिइराख्या छौँ कि छैनौ । देशमा स्थिर सरकार छ कि छैन । भ्रष्टाचारको अवस्था कस्तो छ । यी कुराहरू सही भएमा मात्रै विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न चाहन्छन् ।” विगतका दिनमा सत्ता परिवर्तनका लागि भएका खेलहरूले सरकार टिकाउ हुन नसकेका कारण देशको आर्थिक अवस्था अत्यन्त नाजुक अवस्थाबाट गुज्रिरहेको भन्दै कोइरालाले अर्थतन्त्रलाई बलियो बनाउन देशमा स्थिर सरकार आवश्यक भएको बताउनुभयो । 

विदेशी लगानीकर्ताको विश्वास जित्नका लागि वर्तमान सरकारले वातावरण निमार्ण गर्नु अहिलेको आवश्यकता भएको उहाँको भनाइ छ  । उहाँले भन्नुभयो, “त्यसका लागि वर्तमान सरकारले सुशासन दिन्छौँ, भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्छौं, दण्डहीनतालाई प्रश्रय दिँदैनौ र पारदर्शिता कायम गर्छौं भन्ने कुराको ग्यारेन्टी दिनुपर्छ ।” 

गरिबीको रेखामुनि रहेकाहरूलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्य लिएर वि.सं. २०५० सालमा सञ्चालन भएको ग्रामीण विकास बैङ्कले आमनेपालीलाई फाइदा पुगेको भन्दै उहाँले मुनाफा कमाउनेतर्फ केन्द्रित नभई जनताको जीवनस्तर उकास्ने काममा निरन्तर संस्थाले योगदान गरोस् भन्ने शुभकामनासमेत दिनुभयो । कार्यक्रममा उक्त संस्थाका कार्यकारी निर्देशक श्यामकुमार कटुवालले जनतालाई संस्थाले दिँदै आएको सेवा र सो क्रममा भोग्दै आएको समस्याबारे जानकारी गराउनुभएको थियो । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष रामशङ्कर बस्नेतको अध्यक्षतामा भएको उद्घाटन सत्रमा संस्थालाई योगदान दिनुभएका व्यक्तिलाई सम्मान गरिएको थियो । उक्त सम्मेलनले शनिबार नयाँ नेतृत्व चयन गर्ने कार्यव्रmम रहेको संस्थाका उपाध्यक्ष राकेश कर्णले जानकारी दिनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर