नेभिगेसन मेनु

म्याच हारेपछि भारतीय खेलाडी र प्रशिक्षकको हातबाट नेपाली खेलाडीलाई तक्मा ! (भिडिओ)
सम्पादक:南亚网络电视
लेखक:नेपाल प्रेस
समय:2023-09-05 14:47

dipendra-sompal-asiff

काठमाडौं । कुनै पनि खेलमा हारेको टीमको खेलाडीलाई जितेको टीमको खेलाडीले मेडल लगाइदिएको दृश्य बिरलै देखिन्छ । हिजो नेपाल–भारतबीचको पहिलो एक दिवसीय क्रिकेट म्याचपछि यस्तै अनौठो दृश्य देखियो ।

श्रीलंकाको पल्लेकेले रंगशालामा भएको खेल भारतले १० विकेटले जितेको थिए । वर्षाले प्रभावित खेलमा नेपालले सन्तोषजनक ब्याटिङ गरे पनि गतिलो बलिङ गर्न नसक्दा ठूलो हार व्यहोर्यो । यद्यपि, खेलपछि नेपाली टिमको प्रशंसा भइरहेको छ । भारतीयहरूले पनि नेपाली ब्याट्सम्यानले साहसिक प्रदर्शन गरेको भन्दै सराहना गरेका छन् ।

हिजोको म्याचपछि नेपाली टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले आफ्ना खेलाडीहरूलाई लिएर भारतीय ड्रेसिङ रुममा छिरेका थिए । त्यहाँ उनले भारतीय प्रशिक्षक राहुल द्रविण र खेलाडीहरूको हातबाट आफ्ना खेलाडीलाई मेडल थाप्न लगाए । हारेको म्याचमा यो मेडल केका लागि थियो ? नेपाली क्रिकेट समर्थक अलमलमा परेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार प्रशिक्षक देसाईले ह्याप्पी ड्रेसिङ रुमको अवधारणा अनुसार विभिन्न खेलमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरूलाई आफैँले यस्ता तक्मा बाँड्ने गरेका थिए । हिजो भने उनले भारतीय खेलाडीको हातबाट तक्मा लगाइदिएका हुन् ।

प्रशिक्षक द्रविणसहित ब्याट्सम्यान राहुल द्रविण, हार्दिक पाण्ड्या लगायतले नेपाली खेलाडीहरू आसिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीलाई तक्मा लगाइदिएको देखिन्छ ।

ड्रेसिङ रुममा खेलाडीहरूलाई प्रोत्साहन गर्ने प्रशिक्षकको शैली आफैँमा उदाहरणीय भए पनि आफूलाई हराउने विपक्षी टीमबाट मेडल लगाउनु पर्दा नेपाली खेलाडीहरू लजाएका देखिन्छन् । स्मरणीय छ कि प्रशिक्षक देसाई भारतबाटै आएका हुन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर