नेभिगेसन मेनु

एमाले लुम्बिनी अधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरू
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-09-05 13:21

img-5543-0592023045241-1000x0

बुटवल — नेकपा एमालेको लुम्बिनी प्रदेशको नेतृत्वको चयनका लागि मतदान सुरु भएको छ । शुक्रबारबाट बुटवलमा जारी प्रथम अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचनबाट छनोट हुन थालेको हो । 

सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका भएपनि अध्यक्ष पदका आकांक्षी पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरि रिजालबीच सहमति जुट्न नसकेपछि अधिवेशन निर्वाचन प्रक्रियामा गएको हो । दुई दिनका लागि आयोजना भएको अधिवेशन सहमतिको प्रयासकै नाममा थप दुई दिन लम्बिएको छ । 

img-5542-0592023045236-1000x0

गुटको अन्त्य भएको घोषणा गरेको एमालेको प्रदेश अधिवेशनमा दुई समूहमा विभाजित भएर अध्यक्ष पदका उम्मेदवारले प्यानसहित प्रचारप्रसार सुरु गरेका छन् । सचिव पदमा बाहेक अन्य सबै पदाधिकारी पदमा दुवै पक्ष प्यानलसहित उम्मेदवार लिएर प्रचारमा हिँडेका छन् । सचिव पदमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले अहिले बिहान ८ बजेबाट मतदान सुरु गराएको हो । सोमबार राति १० बजेबाट मतदानको तयारी गरेको भएपनि प्रशासनको आग्रहमा मंगलबारलाई सारिएको थियो ।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले सचिव पदमा बाहेक अन्य सबै पदमा मतदान सुरु भएको बताए । उनले मंगलबार नै मतगणना गरेर परिणाम सार्वजनिक गर्ने गरी काम भइरहेको बताए ।

अध्यक्षमा कँडेल र रिजालसहित उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र विश्वराज बराल (अनुप), बाँकेका पूजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वली छन् । उपसचिव पुरुषतर्फ एक पदका लागि रुकुम पूर्वका उपेन्द्रलाल कामी, रोल्पाका पूर्ण बुढामगर र बाँकेका दुर्गाप्रसाद थारु (चौधरी) छन् । त्यस्तै, उपसचिव महिला तर्फ एक पदका लागि बाँकेकी आरती पौडेल, बसन्ती अधिकारी र बर्दियाकी लिला राना मगर छन् ।

उम्मेदवारी दिएकामध्ये कँडेल प्यानलबाट उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र उपसचिव पुरुषमा दुर्गाबहादुर चौधरी र महिलामा लिला राना मगर रहेका छन् । त्यस्तै, रिजाल प्यानलबाट उपाध्यक्षमा रुपन्देहीका विश्वराज बराल, उपसचिव पुरुषतर्फ रोल्पाका पूर्ण बुढामगर र महिलातर्फ बाँकेकी बसन्ती अधिकारी छन् । सचिव दुवै प्यानलको समर्थनमा निर्विरोध भएका हुन् ।

पदाधिकारमा ५ पदका लागि १३ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा प्यानल बाहिरबाट बाँकेका पूजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीले उम्मेवारी दिएका छन् । त्यस्तै, उपसचिव पुरुषमा रुकुम पूर्वका उपेन्द्रलाल कामी र महिला उपसचिवमा बाँकेकी आरती पौडेलले प्यानल बाहिरबाट उम्मेवारी दिएका छन् । २ सय जना सदस्यका लागि ३ सय ५ जना चुनावी प्रतिस्पर्धामा छन् । अधिवेशनका लागि लुम्बिनी प्रदेशका १२ जिल्लाका १ सय ९ स्थानीय तहबाट १ हजार ४ जना प्रतिनिधि छनोट भएर आएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर