नेभिगेसन मेनु

टेकुुमा अत्याधुुनिक प्रविधिको पेट्रोल पम्प निर्माण हुने
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-05 12:57

sdfhb

काठमाडौँ, भदौ १९ गते  । नेपाल आयल निगमले टेकुमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्प निर्माण प्रक्रिया अगाडि बढाउन लागेको छ । 

काठमाडौँको टेकुस्थित साबिकको नेसनल ट्रेडिङको पेट्रोल पम्पलाई स्तरोन्नति गरेर आधुनिक प्रविधिसहितको नयाँ पम्प बनाउन लागेको हो । आठ रोपनी जग्गामा आठ करोड ५० लाख रुपियाँ लागतमा अत्याधुनिक प्रविधिसहितको नयाँ पम्प निर्माण गर्न लागिएको निगमले जनाएको छ । 

उपत्यकामा निजीस्तरबाट पम्प स्थापना भए पनि निगमको आफ्नो पम्प थिएन । निगम आफैँले पम्प सञ्चालन गर्दा बन्द हडतालका बेलासमेत नियमित रूपमा सञ्चालन हुुँदा उपभोक्तालाई सहज हुने बताइएको छ ।स्थापना भएका निजी पम्पहरू समेत मापदण्ड पुरा गरेका छैनन् । निगमकै कर्मचारीको मिलेमतोमा यसरी मापदण्ड पुरा नगरी पम्पहरू सञ्चालन गर्न दिँदा पेट्रोल पम्प दुर्घटनाको एउटा कारक बन्ने अध्यनहरुले देखाएको छ । 

प्रत्येक प्रदेशमा एउटा-एउटा पम्प स्थापना गर्ने नीति अनुरूप काठमाडौँमा आफ्नै लगानीमा पम्प निर्माण गर्न लागिएको निगमले जनाएको छ । निगमका प्रबन्धक एवं इन्जिनियर रामप्रसाद बन्जराले टेकुुमा नेपालमै पहिलो पटक आधुनिक प्रविधिसहितको पम्प निर्माण गर्न लागिएको जानकारी दिनुभयो । 

निगमले पम्प निर्माणका लागि विद्युुत् प्राधिकरण, सडक विभाग, महानगरीय प्रहरीबाट स्वीकृत लिइसकेको र काठमाडौँ महानगरबाट स्वीकृति प्राप्त गरेपछि केही दिनमै निर्माण प्रव्रिmया अगाडि बढाइने उहाँले जानकारी दिनुुभयो । अन्य प्रव्रिmया सबै सम्पन्न भएकाले महानगरमा स्वीकृतिका लागि पठाएकाले स्वीकृत हुनासाथ निर्माण कार्य अगाडि बढ्ने उहाँको भनाइ छ ।  

पेट्रोल पम्पबाट हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न हालसम्मकै उच्च सुरक्षा सतर्कता अपनाउने गरी पम्प निर्माण गर्न लागिएको निगमले जनाएको छ । पम्प निर्माणको जिम्मा गोपिनी गङ्गा एमसी कन्स्ट्रक्सन कम्पनीले पाएको छ । पम्प निर्माण एक वर्षमा सम्पन्न गर्ने निगमको लक्ष्य छ । 

“पम्प २४ घण्टै खुला हुने छ, उपभोक्ताले कार्डबाट तेल हाल्ने सुविधा रहने छ, पम्पमा आगलागी हुन सक्ने जोखिमलाई कम गर्न फायर हाइड्रेन्ड सिस्टम जडान गरिने छ,” उहाँले भन्नुभयो । यहाँ आगो निभाउन पानी र केमिकल मिश्रित फोमको प्रबन्ध गरिने बताइएको छ । यसले आगोलाई माथिबाट छोप्ने गर्छ र तुरुन्तै आगलागी नियन्त्रण हुन्छ । मेसिनबाट ग्राहक आफैँले तेल भर्न सक्ने सुविधासहितको पम्प नेपालमा पहिलो पटक स्थापना गर्न लागिएको हो ।  

पम्पमा भ्यापर रिकभरी सिस्टम (भिआरएस) राखिने हुँदा यसका कारण ट्याङ्करको तेल अन्डर ट्याङ्कीमा खसाल्ने व्रmममा हावामा मिसिन पाउँदैन । यसबाट चुहावट नियन्त्रण गर्न मद्दत मिल्छ भने तेल हावामा मिसिन नपाई वातावरण संरक्षणमा समेत सघाउ पुग्ने बन्जराले जानकारी दिनुभयो । पम्पमा भिआरएस, हाइड्रेन्ड, कार्ड स्वाप सिस्टम जडान नेपालमै पहिलो पटक गर्न लागिएको उहाँको 

भनाइ छ । 

त्यस्तै ट्याङ्करमा ल्याएको तेल पम्पको भूमिगत ट्याङ्कीमा खसाल्दा र डिस्पेन्सिङ मेसिनबाट सवारीसाधनमा भर्दासमेत पेट्रोल, डिजेल उडेर हावामा मिसिन नदिने प्रणालीसमेत यो पम्पमा जडान हुन लागेको उहाँले जानकारी दिनुभयो । पम्पमा पेट्रोल र डिजेलका दुई÷दुई वटा डिस्पेन्सिङ मेसिन र डिजेल पेट्रोलका चार÷चार गरेर आठ वटा नोजल रहने छन् । पम्पमा ४० हजार लिटर क्षमताको पानीको भण्डार राखिने छ । भूमिगत ट्याङ्कीमा ४५ हजार लिटर डिजेल अटाउने तीन वटा ट्याङ्की र ६० हजार लिटर पेट्रोल अटाउने तीन वटा ट्याङ्की हुने छन् । २४ घण्टा पम्प खुला हुने हुँदा बिजुलीको विकल्पमा सोलारसमेत जडान गरिने छ । 

निगमले भैरहवा र नेपालगन्जमा आफ्नो स्वामित्वमा पम्प निर्माण गरेर सञ्चालनमा ल्याएको छ । उपत्यकामा साझा सहकारी संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाका गरी १२ वटा पम्प सञ्चालनमा छन् । उपत्यकामा निजी क्षेत्रबाट तीन सय पम्प सञ्चालनमा छन् । मुलुकभर निजी क्षेत्रबाट एक हजार पाँच सय पेट्रोल पम्प सञ्चालनमा छन् । उपत्यकामा मात्र दैनिक छ लाख ५० हजार लिटर पेट्रोल र १० लाख लिटर डिजेल खपत हुने गर्छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर