नेभिगेसन मेनु

दुई सय वर्ष पुरानो संसद् भवन पुनर्निर्माण भएन
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-01 14:21

xfgjxj

काठमाडौं, भदौ १५ गते । राणाकालीन समयमा बनेको करिब दुई सय वर्ष पुरानो संसद् (ग्यालरी बैठक) भवन पुनर्निर्माणका लागि कात्तिक भित्र टेण्डर खोल्ने तयारी भएको छ । 

२०७२ सालको भूकम्पले क्षतविक्षत बनाएको सिंहदरबारभित्र रहेको ग्यालरी बैठकलाई पुनर्निर्माण गर्नका लागि टेण्डर खुलाउने प्रक्रिया थलिएको शहरी विकास तथा भवन निर्माण आयोजना समन्वय कार्यालयले जनाएको छ । 

कार्यालयका प्रमुख मचाकाजी महर्जनका अनुसार उक्त भवनभित्र रहेका पुराना ऐतिहासिक सामान हटाएर नाँपजाँच गर्ने काम सकिएको छ । अब कात्तिकभित्र टेण्डर खेलेर यसको पुनर्निर्माण गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो,“भवनभित्र रहेका पुराना ऐतिहासिक सामान हटाएर नाँपजाँचको काम सकिएको छ । अब कात्तिकभित्र टेण्डर गरेर ठेक्का प्रक्रियामा जानेछौँ ।” भवनलाई पुनर्निर्माण गर्दा पहिले बिग्रिएको भागलाई मर्मत गरेर अन्य भागलाई मर्मत गर्दै जाने उहाँले बताउनुभयो । 

यही संसद् भवनमा भारदारी सभा पनि बसेको थियो । त्यसपछि संविधान सभाको पहिलो निर्वाचनसम्मका सबै संसद् बैठक यही भवनमा बसेको थियो । संविधान सभामा ६०१ सांसद भएपछि ठाउँ साँघुरो भएका कारण २०६५ सालदेखि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक बस्न थालेको हो । हालसम्म पनि सङ्घीय संसद् बैठक बानेश्वरमै बस्दैआएको छ । 

२०७२ सालको भूकम्पका कारण क्षति पुगेपछि उक्त पुरातात्त्विक भवन प्रयोगविहीन भएको थियो । यो भवन भूकम्पपछि प्रयोगमा नआएपछि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले २०७६ सालको पुस महिनामा यो भवनलाई भत्काएर नयाँ बनाउन सुझाव दिएको थियो । 

सङ्घीय संसद् सचिवालयले भित्र रहेका पुराना ऐतिहासिक महत्त्वका सामानको व्यवस्थापन गरेपछि हामीले त्यसको नापजाँच तथा अध्ययन गर्नेछौँ । त्यसको अवस्था हेरेपछि मात्र पूरै भत्काएर पुनर्निर्माण गर्ने कि आंशिक रूपमा रेट्रोफिटिङ गर्ने टुङ्गो लाग्छ । भवनमा भूकम्पले क्षति गरेपछि वर्षाको पानीबाट जोगाउन प्लास्टिकले छोपेर राखिएको छ ।

यो भवनलाई विदेशी पाहुना सत्कार भवनको रूपमा विकासका लागि प्रस्ताव भएको थियो । तर, अहिले यो कुन प्रयोजनका लागि पुनर्निर्माण गरिँदैछ भन्ने कुरा खुलाइएको छैन । पहिले राणाहरूले आफ्नो निवासमा भेट्दा पारिवारिक र आन्तरिक सुरक्षाका धेरै विषयहरू विदेशी पाहुनालाई थाहा हुने भएकाले यो भवनलाई पाहुना भेटघाट गर्ने थलोको रूपमा प्रयोग गरेको पाइन्छ । 

भूकम्पले क्षति गरेको आठ वर्षपछि मात्र यसको पुनर्निर्माण गर्न लागिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर