नेभिगेसन मेनु

नयाँ नक्साप्रति असन्तुष्टि जनाउँदै मेयर बालेनद्वारा चीन भ्रमण रद्द
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-08-31 15:57

Balen2023-06-22-02-21-35

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो चीन भ्रमण रद्द गरेका छन्।

चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदान–प्रदानका लागि बिहीबार दिउँसो उनी बेइजिङ उड्ने कार्यतालिका तय भएको थियो। 

तर, चीन सरकारले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको नयाँ नक्सा नदेखाइएकाे भन्दै उनले चीन भ्रमण रद्द गरेको बताएका छन्। 

‘हामी नेपालले  ०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौँ,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको  नक्सा सार्वजनिक गरेको छ। नेपाली भूभागलाई  चीनले  नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ। त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको पाँचदिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु।’ 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर