नेभिगेसन मेनु

शरणार्थी समस्या समाधान गर्न आग्रह
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-31 14:54

Untitled-1 (1)

काठमाडौँ, भदौ १४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भुटानबाट लखेटिएका नेपालीभाषी र पितृभूमि नेपालमा शरणार्थी बनाइएकाको मानवीय समस्या समाधानका लागि आवश्यक पहल गरिदिन आग्रह गरिएको छ। 

भुटानमा जन्मिएका नेपाली मूलका अमेरिकी युवा व्यवसायीको सम्मिलित संस्था इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले प्रधानमन्त्री प्रचण्डलाई बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर भुटानी शरणार्थी समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो। 

सो फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको संयोजकत्वमा गएको समूहले भुटान फर्किन चाहने, नेपालमा बस्न चाहने वा तेस्रो देशमा पुनर्बासमा जान चाहने शरणार्थीको मानव अधिकारको रक्षा गरी उनीहरूको चाहनाबमोजिमको व्यवस्थापन गर्न नेपाल सरकारसँग अनुरोध गरेको हो। 

ज्ञापनपत्रमा भनिएको छ, “भाषा रहे संस्कृति रहन्छ, संस्कृति रहे पहिचान रहन्छ र पहिचान रहे जातिको परिचय रहन्छ भन्ने मान्यता बोक्ने पितृभूमि नेपाल भएका र नेपालको सरकारसँग सम्झौता गरी भुटानमा गई बसोबास गर्दै आएका पितृभूमि नेपाल भएका नेपालीभाषी समुदायलाई नेपाली भाषा, संस्कार र संस्कृति अँगालेकै कारण भुटान सरकारले निर्मम दमन र सर्वस्वहरण गरी भुटानबाट लखेटेको र अझै नेपालमा आठ हजार शरणार्थी रोग र अभावबाट ग्रसित भई जेलसरहको कठोर जीवन बिताइरहेका छन्।”

अमानवीय तरिकाले ट्रकमा कोचेर मेची नदीको पुलमा ल्याएर छाडिएका विस्थापित झन्डै ३४ वर्षदेखि शरणार्थीका रूपमा नेपाल सरकारलगायत कुनै पनि दातृ निकायको उचित र आवश्यक सहयोगबिना नै जीवनमरणको दोसाँधमा रहेकाले उनीहरूको उचित व्यवस्थापनको माग सो ज्ञापनपत्रमा गरिएको छ। 

यसरी लाखौँ शरणार्थीमध्ये अधिकांश तेस्रो देशमा पुनर्बास भएका र प्राविधिक कारणले यसरी जान नसकेका र नचाहेका एवं जबर्जस्ती आफ्नै पितृथलोमा अनागरिक बन्न बाध्य बनाइएकाको समस्या झन् बढ्दै गएकाले उनीहरूको यो अवस्थाप्रति छिट्टै ध्यान दिन सो ज्ञापनपत्रमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइएको हो। तेस्रो मुलुकमा पुनस्र्थापनामा जाने प्रक्रियामा रहेका र केही भुटान नै फर्किन वा नेपालमा नै बसोबास गर्न चाहने शरणार्थीको समस्या समाधानका लागि नेपाल सरकारले कार्यदल बनाएकोमा सो कार्यदलको प्रतिवेदनका आधारमा समस्या समाधान गर्ने कुरामा नेपाल सरकारले ध्यान दिनुपर्ने ज्ञापनपत्रमा जनाइएको छ। 

वास्तविक नेपालीभाषी भुटानी शरणार्थीको यो अवस्था रहेको तर नक्कली भुटानी खडा गरी पहुँचको आधारमा वास्तविक शरणार्थीलाई ओझेलमा पार्ने गरी प्रयास भएको भन्दै सो ज्ञापनपत्रमा समस्या समाधानका लागि आग्रह गरिएको छ। त्यस अवसरमा प्रधानमन्त्री दाहालले उक्त फाउन्डेसनले संसारभरका नेपालीलाई सांस्कृतिक एकताको सूत्रमा जोड्न गरेको योगदानको प्रशंसा गर्नुभएको थियो।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर