नेभिगेसन मेनु

चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने कुरा उठाउनेछु : प्रधानमन्त्री दाहाल
सम्पादक:南亚网络电视
समय:2023-08-29 14:32

thumb (2)

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने विषयमा छलफल हुने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा व्यापारिक नाका खोल्ने विषयमा छलफल हुने बताएका हुन् । 

मुगुका सांसद ऐनबहादुर शाहीले प्रधानमन्त्रीलाई 'चीन भ्रमणका क्रममा नाम्चे लाग्ना नाका खोल्ने विषयमा छलफल हुने योजना छ कि छैन ?' भन्ने प्रश्न सोधेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले भने, 'आसन्न चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने विषयमा कुरा हुनेछ । मुगुको नाम्चे लाग्ना नाका खोल्नेबारे कुरा उठाउने करिब निश्चित छ ।' प्रधानमन्त्री दाहालले सरकारले रारालगायतका पर्यटकीय क्षेत्रको विकासका लागि पनि प्राथमिकता दिने बताए ।

प्रधानमन्त्री दाहाल असोज पहिलो साता चीन भ्रमण गर्दैछन् । यस पटक उत्तरी नाकाहरू खोल्ने विषयमा प्रधानमन्त्रीले चीनसँग कुरा गर्नुपर्ने सरोकारवालाहरूको माग छ । गण्डकी प्रदेशका व्यवसायीलगायत स्थानीय बासिन्दाले पनि कोरला नाका सञ्चालन र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका मुद्दा प्रधानमन्त्रीको भ्रमणको प्राथमिकता हुनुपर्ने बताएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर