नेभिगेसन मेनु

सर्वोच्चमा स्वचालित पेसी प्रणाली
सम्पादक:南亚网络电视
लेखक: अन्नपूर्ण
समय:2023-08-29 13:48

sochalit-pranali_tdC8UvVDYA

काठमाडौं : सर्वोच्च अदालतमा स्वचालित पेसी तारिख प्रणाली सुरु भएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उक्त प्रणालीको सोमबार शुभारम्भ गरेका हुन्। स्वचालित पेसी तारिखबाट पेसी तारिख तोक्दा न्याय व्यवस्थापनमा सहज र न्यायिक सुशासन कायम हुने उनको भनाइ छ।  

‘यो प्रणालीले कर्मचारी र सेवाग्राहीलाई पनि निश्चितता हुने वातावरणको सिर्जना भएको छ’, उनले भने, ‘एउटा सुधारको प्रक्रियामा अगाडि बढेको छ, यो पेसी व्यवस्थापन कडी हो।’ 

प्रधानन्यायाधीश श्रेष्ठले कर्मचारीले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्न यस प्रणालीबाट सहज हुने विश्वास व्यक्त गरे। उनले उक्त प्रविधि सर्वोच्च अदालतको सूचना प्रविधि शाखाले बनाएको र यो सर्वोच्च अदालतमा सफल भएमा अन्य ठूला मुद्दा भएका अदालतमा पनि लागू गर्न सकिने बताए। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर