नेभिगेसन मेनु

आजदेखि भैरहवाबाट हङकङ र नयाँदिल्ली उडान शुरु, काठमाडौं ट्रान्जिट
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-08-29 13:31

nepal_airlines_1

नेपाल वायुसेवा निगमले यही भदौ १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको छ। भैरहवाबाट हरेक मंगलवार हप्ताको एक उडान सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको छ।

उडान तालिका अनुसार विहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ः०० बजे काठमाडौंमा अवतरण गर्नेछ। त्यसपछि ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्लीजाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन्। यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लगिने व्यवस्था मिलाइएको निगमले जनाएको छ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने कार्य तदारुकताका साथ गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरु गर्ने निर्णय गरेको छ । यात्रुहरूले निगमको कार्यालय वा निगमको वेवसाइटाबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिई सहज रूपमा यात्रा गर्न सक्ने र यसबाट यात्रुहरूलाई थप सुविधा पुग्ने निगमको विश्वास छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर