नेभिगेसन मेनु

सर्लाहीमा पुलमुनि युवकको टाउको भेटियो
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-10 12:32

gbadfb

सर्लाही, साउन २५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगपालिका–४, स्थित लखन्देखी पुलमुनि अज्ञात युवकको टाउको मात्रै फेला परेको छ । 

बिहीबार बिहान स्थानीयले खोलाको बगरमा घाँटीबाट छिनाएको टाउको मात्रै देखेपछि प्रहरीमा खबर गरेका थिए । अहिले प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारुले जानकारी दिनुभयो । 

प्रनाउ थारुका अनुसार घटनास्थलको अवस्था हेर्दा युवकको भर्खरै हत्या भएको जस्तो देखिन्छ । घटनास्थलमा अहिले प्रहरी उपरीक्षक नरेशराज सुवेदी आफै पुगेर अनुसन्धानमा जुट्नुभएको छ । 

युवकको सोही ठाउँमा हत्या भएको वा उत्तरी भेगमा हत्या भएर त्यहाँसम्म बाढीले बगाएर ल्याएको हो भन्ने खुल्न सकेको छैन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर