नेभिगेसन मेनु

जन्मोत्सव मनाउने खर्चबाट अक्षय कोष
सम्पादक:南亚网络电视
समय:2023-07-27 13:30

Untitled-1 (1)

रेसुङ्गा नगरपालिका–१, नयाँबजार निवासी समाजसेवी तुलाराम पाण्डेले आफ्नो ८५ औँ जन्मोत्सवको अवसरमा सिद्धबाबा माध्यमिक विद्यालयका लागि अक्षय कोष स्थापना गर्नुभएको छ । 

सो विद्यालयमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा समाजसेवी पाण्डेले अक्षय कोष स्थापनाका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापालाई ५५ हजार ५५५ रुपियाँ प्रदान गर्नुभयो । पालिकाको ज्येष्ठ नागरिकसमेत रहनुभएका पाण्डेले विद्यालयप्रतिको आफ्नो अगाध लगाव र स्नेहले जेहेनदार विद्यार्थीको पठनपाठनका लागि अक्षय कोष स्थापना गरिएको बताउनुभयो । सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा पूर्वजनप्रतिनिधि सीता आचार्यले पनि आफ्नो जन्मोत्सवको अवसरमा २५ हजार ५५५ रुपियाँ बराबरको अक्षय कोष स्थापना गर्नुभएको छ । 

त्यस्तै वडाध्यक्ष नीरञ्जन काउछाले विद्यालयप्रति दुवै जना समाजसेवीले अक्षय कोष स्थापना गरी सामाजिक कार्यमा इँटा थप्नुभएको भन्दै प्रशंसा गर्नुभयो । फजुल खर्च गरेर जन्मदिन मनाउने पश्चिमा संस्कृति भित्रिएको अवस्थामा विद्यालयमा अक्षय कोषको स्थापना गरी सकारात्मक सन्देश  प्रवाह गरेको भन्दै उहाँहरूलाई शुभकामना प्रदान गरिएको छ । विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले विद्यालयप्रति गरेको रचनात्मक कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि विद्यालयले थप साथ र सहयोग रहिरहने बताउनुभयो । विद्यार्थीको पहिलो रोजाइमा पर्ने यो विद्यालय एक हजार पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयका सहायक प्रधानाध्यापक युवराज अर्याल, विद्यालय व्यवस्थापन समितिका सदस्य यमबहादुर विश्वकर्मासहित शिक्षक, विद्यार्थी, अभिभावकले उहाँहरूलाई विद्यालयमा स्वागत अभिनन्दन गर्नुभएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर