नेभिगेसन मेनु

विमानस्थलबाट भन्सार कार्यालयले समात्यो सुनजस्तो देखिने साढे ४ किलो बढी पहेंलो धातु
सम्पादक:南亚网络电视
समय:2023-07-22 13:31

Gold111_KN5rQg2dnY

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले सुनजस्तो देखिने झण्डै साढे ४ किलो पहेंलो धातु बरामद गरेको छ। गएराति बैंककबाट काठमाडौं आएका थाइ नागरिकको साथबाट सो परिमाणको सुनजस्तो देखिने साढे चार किलोभन्दा बढी पहेंलो धातु भन्सार कार्यालयले बरामद गरेको हो।

भन्सार कार्यालयका एक अधिकारीका अनुसार थाई नागरिकले बोकेको हाते झोलाबाट १० थान बिस्कुट आकारको पहेंलो धातु फेला पारिएको हो। उनले अन्नपूर्ण पोस्ट्सँग भने ,‘१० थान बिस्कुटको आकारको सुनजस्तो देखिने पहेंलो धातु बरामद गरेका छौं। उक्त धातु सुन हो वा होइन परीक्षणका लागि भन्सार कार्यालयले त्रिपुरेश्वरस्थित भन्सार विभागमा पठाएको छ।’

यता थाई नागरिक सावनले भने उक्त पहेंलो धातु सुन नभएको र आफूले धार्मिक प्रयोजनका लागि ल्याएको दाबी गरेका छन्। यद्यपी भन्सार कार्यालयका अधिकारीहरुले उक्त पहेंलो धातु सुन नै हुन सक्ने बताएका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर