नेभिगेसन मेनु

सुन तस्करीमा संलग्नलाई कारबाही गर्न कुनै ‘कोट, टार वा पार्टी’ हेरिँदैन : गृहमन्त्री
सम्पादक:南亚网络电视
समय:2023-07-21 16:44

Narayankaji2023-07-21-02-07-14

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा सुन भित्र्याउने जोकोहीलाई पनि कारबाही हुने बताएका छन्। शुक्रबार बिहान विमानस्थलको अध्यागमन विभाग र भन्सार कार्यालयको अनुगमनपछि उनले सो चेतावनी दिएका हुन्। 

सञ्चारकर्मीले सुन तस्करीमा बालकोट, बालुवाटार र बुढानीलकण्ठको पनि मिलेमतो हुने गरेको जिज्ञासा राखेपछि त्यसको जवाफमा मन्त्री श्रेष्ठले भ्रष्टाचार र अपराध अनुसन्धानमा आफूले कुनै कोट, टार वा पार्टी नहेर्ने जवाफ दिए। 

उनले सुनको अवैध धन्दाजस्ता आपराधिक क्रियाकलाप आगामी दिनमा पुनरावृत्त नहुने गरी नयाँ योजना ल्याउने घोषणासमेत गरे। 

उपप्रधानमन्त्री श्रेष्ठले सुन तस्करीलगायतका अपराध नियन्त्रण गर्न सरकारले सचेतता, सावधानी र गाम्भीर्यता अपनाउन नसकेको स्वीकार गर्दै आइन्दा त्यस्तो अवस्था आउन नदिने दृढतासमेत व्यक्त गरे। 

वर्तमान सरकारले भ्रष्टाचारलगायतका गतिविधिलाई अन्त्य गर्ने अभियान सुरु गरेको र त्यसलाई निष्कर्षमा पुर्‍याएरै छाड्ने बताउँदै उनले  नाइकेहरूसम्म छानबिन पुग्ने र कारबाहीको दायरामा सबैलाई ल्याउने दाबी गरे। 

उपप्रधानमन्त्री श्रेष्ठले सो सुन प्रकरणबारे छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको उल्लेख गर्दै उसले नै छानबिनको काम गर्ने र त्यसमा सघाउ पुर्‍याउनका लागि सम्बन्धित निकायलाई आफूले निर्देशन दिएको पनि जानकारी गराए। 

उपप्रधानमन्त्री श्रेष्ठले भन्सार कार्यालयमा चेकजाँचका लागि प्रहरी परिचालन गर्न छिट्टै सरकारले आवश्यक निर्णय लिने पनि बताए। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर