नेभिगेसन मेनु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने
सम्पादक:南亚网络电视
लेखक:बिशाल श्रेष्ठ
समय:2023-06-17 13:08

 

Sichuan-Airlines-china-pokhara

 पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ।

पोखरास्थित नेपाल पर्यटन परिसदमा असार १ गते भएको पत्रकार सम्मेलनमा बोल्दै, नेपाल पर्यटन परिषदका प्रमुख धनञ्जय रेग्मी र चिनियाँ दुतवासका उप महा सचिब वाङ सिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने औपचारिक जानकारी दिनु भएको छ।

IMG_2560

मन्तब्य पेश गर्नुहुदै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी।तस्बिर-विशाल श्रेष्ठ/ एस ए टि भि

“ड्रागन बोट रेस फेस्टिभलको अवसरमा पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान शुरु गरेकोमा चिनियाँ दूतावासलाई धन्यवाद दिन चाहन्छु साथै पोखरा र नेपालको पर्यटन उत्पादनमा विविधता ल्याउने यस कार्यक्रमलाई वार्षिक पर्यटन उत्पादनका रूपमा समेत सञ्चालन गर्ने तयारी भैइरहेको छ।” नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले आफ्नो मन्तव्यमा भन्नुभयो  ।

IMG_2602

मन्तब्य राख्नुहुँदै नेपालस्थित चिनियाँ दूतावासका उप महासचिव वाङ सिन।तस्बिर-विशाल श्रेष्ठ/ एस ए टि भि

“जुन २१ मा सिचुवान एयरलाइन्सको चार्टर्ड उडानले छङ्दुबाट पोखराका लागि उडान भर्ने छ, जुन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि स्वागत गरिएको पहिलो अन्तर्राष्ट्रिय उडान हुनेछ ।” चिनियाँ दूतावासका उप महासचिव वाङ सिननले बताउनु भयो। 

Pokhara_International_Airport1647931896_1024

गत जनवरी १ (पुस १७)मा प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा उद्घाटन गरीएको र २२ अर्ब लगानीमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। तस्बिर-विशाल श्रेष्ठ/ एस ए टि भि

नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यसका लागि शुक्रबार सम्झौता भएको हो। प्राधिकरणका अनुसार सिचुआन एयरलाइन्सले आगामी जुन २१ (असार ६)मा चार्टर्ड उडानका लागि अनुमति पाएको हो। उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नेछ।

‘चीनको सिचुआन एयरलाइन्सलाई चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जुन २१ मा चार्टर्ड उडानका लागि अनुमति प्रदान गरिएको छ। एयरलाइन्ससँग उडान नियमितताका लागि छलफल चलिरहेको छ’, प्राधिकरणले भनेको छ।

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर