नेभिगेसन मेनु

गाउँमा बिजुली बल्दा स्थानीय खुसी
सम्पादक:南亚网络电视
समय:2023-06-08 13:48

bijuli-lite_DxQBlCFt4j

बाजुरा, जेठ २५ गते । जगनाथ गाउँपालिकामा बिजुली बलेपछि स्थानीय खुसी भएका छन्। गत वर्ष आएको अविरल वर्षाका कारण भुवाँखोला जलविद्युत्को नहर भत्किँदा यहाँका स्थानीय विगत एक वर्षदेखि अँध्यारोमा रात बिताउन बाध्य थिए।  गाउँपालिकाले क्षति भएको नहर तथा पावर हाउसका लागि पार्टपुर्जा मर्मत गरेपछि बिजुली बलेको छ। बिजुली बन्द भएपछि टुकीको भरमा रात काट्नु परेको जगनाथ गाउँपालिका–५ का वडाध्यक्ष गौरी सार्कीले बताउनुभयो।

गत वर्षको वर्षाका कारण आएको बाढीपहिरोका कारण भुवाखोलाको जलविद्युत्को नहर तथा पार्टपुर्जा सबै नष्ट भएका थिए। अहिले गाउँपालिकाको पहलमा ती नष्ट भएका सबै पार्टपुर्जा तथा भत्किएको नहर मर्मत भएपछि बल्ल बिजुली बलेको उहाँले बताउनुभयो।

यहाँका स्थानीयले २२ घण्टासम्म बत्ती बाल्न पाउने भएका छन्। ५० लाख रुपियाँ वैकल्पिक ऊर्जा, पाँच लाख रुपियाँ गाउँपालिका र २० लाख रुपियाँ सुदूरपश्चिम सरकारको आर्थिक सहयोगमा बिजुली उत्पादन गरिएको हो। 

विसं २०७० मा तीन करोड रुपियाँको लागतमा निर्माण भएको भुवाँखोला लघुजलविद्युत् आयोजनाबाट एक सय किलोवाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ। गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बिजुलीबाट एक हजारभन्दा बढी घरपरिवार लाभान्वित भएको जानकारी दिनुभयो। बिजुली बत्तीसँगै सडक, शिक्षा, स्वास्थ्य र आधुनिक कृषि खेतीले स्थानीयवासीको जीवनमा परिवर्तन ल्याएको पालिका अध्यक्ष शाहीले बताउनुभयो।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर