नेभिगेसन मेनु

बाढीपहिरो प्रभावितलाई राहत सामाग्री वितरण
सम्पादक:南亚网络电视
समय:2023-06-20 17:03

0

बाजुरा, असार ५ गते । जिल्लाको पूर्वी उत्तर क्षेत्रको स्वामिकार्तिक गाउँपालिकाका दलित परिवारलाई राहत सामाग्री वितरण गरेको छ । बाढीपहिरो तथा कुपोषणबाट प्रभावित बनेका स्वामिकार्तिक गाउँपालिकाका झण्डै आठ सयभन्दा बढी दलित परिवारलाई राहत सामाग्री वितरण गरेको हो ।

गत वर्ष बाजुरामा परेको अविरल वर्षाका कारण प्रभावित बनेका स्वामिकार्तिक गाउँपालिकाका दलित परिवारलाई नेपाल सरकारको क्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत राहत सामाग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ । बाढीपहिरोले घरबास तथा जमिन बगाएपछि खाद्यानको सङ्कटमा परेका दलित परिवारलाई यतीबेला गाउँपालिकाले धमाधम राहत वितरण गरेपछि उनीहरूको मुहारमा खुसी छाएको छ ।

गाउँमा खाद्यान सङ्कट परेको समयमा गाउँपालिकाले घरघरमै आएर खाद्यान सामग्री दिएपछि केही दिनमा छाक टार्न सहज भएको स्वामिकार्तिक गाउँपालिका वडा नं. १ मुक्तीकोट की स्थानीय होइजाली विकले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष बर्खामा आएको बाढीपहिरोेले घरबास तथा कमाइ खाने जमिन नै बगाएपछि खाद्यान सङ्कट परेको छ ।”

दलित परिवारको यो अवस्थालाई मध्यनजर गर्दै स्थानीय सरकारले दलित परिवारको घरमै पुगेर चामल, दाल र तेल लगायतका खाद्यान सामाग्री वितरण गरेपछि म जस्तै यहाँका बाढीपहिरो दलित परिवारको मुहारमा खुसी छाएको विकले बताउनुभयो ।

त्यसैगरी स्वामिकार्तिक गाउँपालिका १ मुक्तीकोट की स्थानीय दलित महिला पान्ता विकले गत वर्षको असोज महिनाको २३ देखि २६ गतेसम्म लगातार परेको अविरल वर्षाका कारण बाढीपहिरोले घरबास तथा लगाएको खेती समेत सबै पहिरोले पुरिदिएपछि अहिले कता जाने, के खाने भन्ने समस्या भएको थियो । गाउँपालिकाबाट अहिले राहत मिलेपछि केही दिनका लागि भएपनि छाक टार्न सहज भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो भन्दा पहिला पनि गाउँपालिकाले विस्थापित भएका दलित परिवारलाई खाद्यान, कपडा, भाँडा र त्रिपाल लगायतका सामाग्री उपलब्ध गराइएको हो ।”

बाजुराको यो दुर्गम बस्तीमा विभिन्न समस्या छ । पछिल्लो समयमा गाउँपालिकाले यहाँका विभिन्न समस्याहरूको समाधानका लागि प्रदेश तथा सङ्घीय सरकारका विभिन्न निकायसँग पहल गर्दै आएको छ । यो भन्दा पहिला गाउँपालिकाकाले विद्युतको पहुँच नभएको बस्तीमा सोलारको व्यवस्था गर्दै आएको थियो ।

स्वामिकार्तिक गाउँपालिकाका अधिकांश वडामा सडक सञ्जालको पहुँचमा पुग्न लागेको समयमा नै बाढीपहिरोले ती सडक अवरुद्ध भएका छन् । यसरी सडक अवरुद्ध बन्दै गएपछि यहाँका बाढीपहिरो प्रभावित परिवारलाई समयमै खाद्यान वितरण गर्न समस्या भएको थियो । 

अब भने ती सडक गाउँपालिकाले मर्मत गदै आएपछि अहिले गाउँमा राहत वितरण गर्न निकै सहज भएको हो । स्वामिकार्तिक गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बाढीपहिरोबाट प्रभावित बनेका स्वामिकार्तिक गाउँपालिकाका झण्डै ८ सय भन्दाबढी दलित परिवारलाई ३० किलो चामल ५ किलो दाल एक लिटर तेल लगायतको खाद्यान सामाग्री वितरण गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बर्सेनि यहाँका दलित परिवार बाढीपहिरोबाट प्रभावित बन्दै गएकोले उनीहरूको नयाँ जन्मेको बालबालिकाहरूमा कुपोषण भेटिने गरेकोले गाउँपालिकाको पहलमा राष्ट्रिय योजना आयोगको पोषण महाशाखामा समन्वय गरेर उनीहरूलाई पोषणयुक्त खाद्यान सामाग्री समेत वितरण गरेको हो ।”

योभन्दा पहिला स्वामिकार्तिक गाउँपालिकाका वडा ४ का ९० वडा नं ५ का ७८ वडा नं ४ १९२ वडा नं २ का १६ जना दलित परिवारलाई खाद्यान सामाग्री वितरण गरेको थियो । त्यही राहत दिने क्रममा हिजो स्वामिकार्तिक वडा नं १ को मुक्ति टोलका चार सय ४० दलित परिवारलाई खाद्यान सामाग्री वितरण गरेको हो । 

बाढीपहिरोबाट दलित परिवार सँगसँगै अन्य धेरै परिवार समेत बाढीपहिरोबाट प्रभावित भएका छन् । उनीहरूको घरबास तथा खाद्यान व्यवस्था गर्नका लागि विभिन्न संघ संस्थाहरूसँग समन्वय गर्दै आएको अध्यक्ष रोकायाले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर