नेभिगेसन मेनु

कालोपत्रे गुणस्तरहीन भएको आरोप
सम्पादक:南亚网络电视
समय:2023-06-07 13:29

Untitled-1 (16)

कैलालीको सुर्मीनाला–बढैपुर सडकमा गरिएको कालोपत्रे गुणस्तरहीन रहेको स्थानीयले आरोप लगाएका छन्। हालै गरिएको कालोपत्रे पाँच दिनभित्रै उप्किन थालेपछि स्थानीयले यस्तो आरोप लगाएका हुन्। 

कालोपत्रे गर्ने जिम्मा लिएको निर्माण कम्पनीले सडक बनाउनमा लापरवाही वा गुणस्तरहीन सामग्री प्रयोग गरेको भन्दै गुणस्तर जाँच गर्नसमेत माग गरिएको छ। कालोपत्रे पाँच दिनभित्रै उप्केको स्थानीय शङ्कर चौधरीले बताउनुभयो।  पिच सडकमाथि बालुवा मात्र हालिएको भन्दै उहाँले सडक गुणस्तरहीन बनेको आरोप लगाउनुभयो। हसुलियादेखि पूर्वपश्चिम महेन्द्रराजमार्गसम्म जम्मा १९ किलोमिटर दुरी रहेको यो सडकको पाँच किलोमिटरमा कालोपत्रे गर्ने काम भइरहेको छ। बिबिएस कन्स्ट्रक्सनले सडक कालोपत्रेको काम गरिरहेको छ। कालोपत्रे गुणस्तरहीन देखिएकाले गाउँपालिकाले अनुगमन गरेर दबाब सिर्जना गर्नुपर्ने कैलारी गाउँपालिका–३, भडरीका दिनेश चौधरीले बताउनुभयो। 

सो सडकमा दुई वटा निर्माण कम्पनीले काम गरिरहेका छन्। बिबिएस कन्स्ट्रक्सनले २०७७ साल असार ७ मा सडक स्तरोन्नतिको लागि ठेक्का पाएको थियो। आगामी असार २५ गतेसम्म सो कम्पनीको निर्माण अवधि रहेको छ।

यो कम्पनीले ४.३७५ किलोमिटर सडक कालोपत्रेका लागि छुट्टाछुट्टै ठेक्कामा बाँडेर चार करोड १० लाख ९७ हजार रुपियाँमा ठेक्का पाएको जनाइएको छ। सडक डिभिजन साइड कार्यालय धनगढीका प्रमुख गणेश बुढाले कालोपत्रे सडक गुणस्तरहीन रहेको गुनासो आए पनि जाँच गर्न बाँकी रहेको बताउनुभयो।  “सडकको कोर कटिङ गरी गुणस्तर मापन हुन्छ, उहाँले भन्नुभयो, “यदि गुणस्तर नपुगेको देखिन्छ भने निर्माण कम्पनीले सुधार गर्नु पर्छ।” उहाँले कालोपत्रे पातलो भएको प्रमाणित भए सुधार गर्नुपर्ने उल्लेख गर्नुभयो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर