नेभिगेसन मेनु

धनगढी उपमहानगरपालिकाको बजेट १ अर्ब ९३ करोड
सम्पादक:南亚网络电视
समय:2023-06-25 19:14

ण

धनगढी, असार १० गते । कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०–८१ का लागि १ अर्ब ९३ करोड आठ लाख २४ हजार रुपियाँ बजेट ल्याएको छ । 

उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले १० औँ नगर सभामा आगामी आर्थिक वर्षको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो । उपमहानगरपालिकाले चालुतर्फ १ अर्ब १७ करोड ४४ लाख ९७ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । यसैगरी, पुँजीगततर्फ ७८ करोड ६५ लाख २७ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । 

उपमहानगरपालिकाको आयमा आन्तरिकतर्फ ३५ करोड ४३ लाख ३० हजार, राजस्व बाँडफाँटतर्फ ४६ करोड ९७ लाख ९४ हजार रुपियाँ रहेको छ । यसैगरी, सङ्घीय सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ९२ करोड ५० लाख, प्रदेश सरकारको अन्तर वित्तीय हस्तान्तरणतर्फ पाँच करोड ३२ लाख १२ हजार रुपियाँ रहेको छ । दायित्व सरिआएको १२ करोड ५० लाख रुपियाँ पनि आयको रूपमा रहेको उपप्रमुख रानाले बताउनुभयो । 

उपमहानगरपालिकाले क्षेत्रगत कार्यक्रम अन्तर्गत आर्थिक विकासतर्फ नौ करोड ६५ लाख ९३ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । यसैगरी, सामाजिक विकासतर्फ ८५ करोड ३६ लाख पाँच हजार, पूर्वाधार विकासतर्फ ३६ करोड ८३ लाख ७४ हजार, सुशासनतर्फ पाँच करोड ६५ लाख ५५ हजार रुपियाँ बजेट विनियोजन गरिएको छ । यस्तै, कार्यालय सञ्चालनतर्फ ५५ करोड ५६ लाख ९५ हजार रुपियाँ बजेट विनियोजन गरिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर