नेभिगेसन मेनु

बसपार्क निर्माणको प्रक्रिया सुरु
सम्पादक:南亚网络电视
समय:2023-05-26 13:19

Untitled-1 (15)

कैलालीको धनगढी उपमहानगरपालिका–३, कालिका नगरमा प्रस्तावित बसपार्क निर्माणका लागि आवश्यक प्रक्रिया सुरु भएको छ । उपमहानगरपालिकाको समन्वयमा नगर विकास कोषले बसपार्क निर्माणको प्रक्रिया अगाडि बढाएको हो । 

सो स्थानमा बसपार्क निर्माणका लागि स्थलगत सर्भेसमेत गरिएको छ । बसपार्कको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि सर्भेको काम भएको वडा नम्बर ३ का वडाध्यक्ष राजबहादुर ऐरले बताउनुभयो । 

“बगरका रूपमा रहेको ऐलानी जग्गामा बसपार्क निर्माणको प्रस्ताव गरिएको हो,” उहाँले भन्नुभयो, “प्रस्तावित बसपार्क निर्माणको प्रक्रिया अगाडि बढेको छ ।” अध्यक्ष ऐरका अनुसार १६ हेक्टर क्षेत्रफलमा सुविधासम्पन्न बसपार्क निर्माणको प्रस्ताव गरिएको छ । सो जग्गाको भोगाधिकार प्राप्तिका लागि कानुनी प्रव्रिmया अगाडि बढाइएको छ । राष्ट्रिय वन क्षेत्रको नाङ्गो जग्गा रहेका कारण त्यसको भोगाधिकार आवश्यक परेको जनाइएको छ । 

सोही स्थानमा वडा प्रहरी कार्यालय निर्माणको प्रस्ताव पनि गरिएको छ । अर्कोतिर खेलमैदानका लागि पनि जग्गा छुट्याइएको छ । खेल 

मैदान घेराबारका लागि प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तले १० लाख रुपियाँ बराबरको कार्यक्रम  प्रस्ताव गर्नुभएको छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर