नेभिगेसन मेनु

वडास्तर योजना छनोट प्रक्रिया ‘कर्मकाण्डी
सम्पादक:南亚网络电视
समय:2023-06-15 13:08

Untitled-1 (40)

घोडाघोडी (कैलाली), जेठ ३२ गते । नयाँ आर्थिक वर्षका लागि वडा तथा बस्ती स्तरबाट योजना छनोट प्रक्रियालाई  स्थानीयवासीले कर्मकाण्डी मात्र भएको आरोप लगाएका छन्। 

स्थानीय तहले नयाँ आर्थिक वर्षका लागि बस्ती, वडा हुँदै नगर स्तरबाट सुझाव सङ्कलन गरेको थियो। तर कतिपय पालिकाले बस्ती स्तरबाट आएका योजनाभन्दा जनप्रतिनिधि र राजनीतिक दलको पहुँचका आधारमा योजना हाल्ने गरेको स्थानीयको आरोप छ। 

गौरीगङ्गा नगरपालिका–९ का हरिप्रसाद तिवारीले जनताले योजना छनोटमा चासो दिन छाडेको बताउनुभयो। जनप्रतिनिधिले योजना छनोटको प्रक्रियालाई कर्मकाण्डी बनाएपछि यस्तो समस्या देखिएको भनाइ उहाँको छ। 

विभिन्न टोल टोलका स्थानीयले योजना छनोटमा सहभागिता जनाइ आफ्नो टोलको समस्यालाई योजनाका रूपमा टिपोट गराउने गर्छन्। यसरी बस्ती स्तरबाट आएका योजनालाई वडामा छलफल गरेर प्राथमिकीकरण गरेर नगरमा पठाउने गरिन्छ। 

नगरमा सर्वपक्षीय भेलाबाट नीति, योजना, कार्यक्रमका बारेमा सुझाव लिने गरिन्छ। चरणबद्ध रूपमा आएका योजनालाई कार्यपालिका बैठकमा राखेर छलफल गरी आवश्यकताका आधारमा नगर सभाबाट पास गरिएको गौरीगङ्गा नगरपालिकाका प्रमुख देवीदत्त कँडेलले जानकारी दिनुभयो।

उहाँले आफ्नो पालिकामा पहिलो चरणमा पुसमा बस्ती स्तरबाट योजना छनोट गरिएको र बजेट सिलिङ आएपछि पुनः सूचना गर्दै बस्ती स्तरबाट योजना छनोट गरिएको जानकारी दिनुभयो। 

उहाँले हरेक टोलमा हुने बस्ती स्तरको भेलाबाट योजना छनोटको प्रक्रिया सुरु गरेको उल्लेख गर्नुभयो तर बस्ती स्तरको भेलासमेत कर्मकाण्डी भएको आरोप पालिकले खेप्नु परेको छ।सबैलाई जानकारी नगराई केही टाठाबाठा व्यक्ति मात्र टोल भेलामा सहभागी हुने गरेको र आफ्नो अनुकूल योजना टिपाउने गरिएको बताइन्छ। घोडाघोडी नगरपालिकाले यही जेठ २० गतेदेखि २५ गतेसम्म बस्ती स्तरको भेलाबाट योजना छनोट गर्दै वडा हुँदै नगरसम्म छलफल चलाएको थियो। 

सो कार्यक्रममा जति उत्साहजनक सहभागिता हुनुपर्ने थियो त्यो देखिएन। यसअघिका वर्ष पनि नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगरका विभिन्न भेलाबाट योजना छनोट गरिने भनिए पनि राजनीतिक पूर्वाग्रह र पहुँचका आधारमा योजना छनोट हुने गरेको भन्दै स्थानीय निराश बनेका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर