नेभिगेसन मेनु

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सांसदहरूको सवालजवाफ शुक्रबार
सम्पादक:南亚网络电视
समय:2023-06-15 12:43

thumb (29)

काठमाडौँ — प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रश्न सोध्‍ने र जवाफ माग्‍ने आजको कार्यक्रम शुक्रबार ८ बजेलाई सारिएको छ । आजै संसद् बैठक भएकाले कार्कीको सुनुवाइको कार्यक्रम भोलिका लागि सारिएको समितिका सभापति ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए ।

शुक्रबारको बैठकमा सांसदहरूले प्रश्न सोध्ने र प्रधानन्यायाधीशमा सिफारिस कार्कीले जवाफ दिने कार्यसूची रहेको जबराले बताए ।

आजको संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफ्ना अनुभव सुनाएका थिए । कार्कीले आजको बैठकमा आफ्नो कार्ययोजनाहरु प्रस्तुत गरेका थिए ।

बुधबार समितिले उजुरीकर्तासँग छलफल गरेपछि आज बिहीबार बिहानका लागि सुनुवाइ तोकिएको थियो ।

गत वैशाख २५ गते संवैधानिक परिषद्बाट नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस भएका हरिकृष्ण कार्की संसदीय सुनुवाइ समितिबाट अनुमोदित भए राष्ट्रपतिबाट नियुक्त हुनेछन् । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर