नेभिगेसन मेनु

नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्छः प्रधानमन्त्री
सम्पादक:南亚网络电视
समय:2023-05-23 18:12

0

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रश्तुत नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्ने बताएका छन्।

मंगलवार राष्ट्रिय सभाको बैठकमा सरकारले प्रश्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन्।

उनले नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा हाँसिल गर्ने उद्देश्य लिएको बताएका छन्। नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रुपान्तरणका नविन सोच र कार्यक्रमहरु पनि सोचिएको उनको भनाइ थियो।

उनले नीति तथा कार्यक्रममा विगतदेखि कार्यान्वयन र सञ्चालन हुँदै आएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको जिकिर गरे। विगतका राम्रा कार्यक्रमलाई निरन्तरता दिएकै आधामरा परम्परागत भन्ने हलुका टिप्पणी गर्नु तर्क संगत नहुने उनले बताए। उनले नीति तथा कार्यक्रममा नयाँ योजनाहरु राखेको बताए। सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको भएको उनको जिकिर थियो।

प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममा नयाँ र पुराना योजनाहरुको सन्तुलन मिलेको दाबी गरे।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर