नेभिगेसन मेनु

कोलकातासँग ५ रनले हार्‍यो हैदरावाद
सम्पादक:南亚网络电视
समय:2023-05-05 14:08

kkr vs srh1683253664

इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत गएराती भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ५ रनले पराजित गरेको छ। 

कोलकाताले दिएको १७२ रनको लक्ष्य पछ्याएको हेदरावादले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १६६ रनमात्रै बनाउन सक्यो। 

हैदरावादका लागि कप्तान एडेन मारक्रमले सर्वाधिक ४१ रन बनाए। उनले ४० बलमा  ४ चौका हाने। 

हेनरिच क्लासेनले २० बलमा  १ चौका र तीन छक्का प्रहार गर्दै ३६ रन बनाए। अब्दुल सामदले २१, राहुल त्रिपाठीले २० र  मयंक अग्रवालले १८ रनको योगदान गरे। 

बलिङतर्फ  वैभव अरोरा र शारदुल ठाकुरले दुईदुई विकेट लिए। हर्शित राना, आन्द्रे रशेल र अनुकुल रोयले एकएक विकेट लिए। 

राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले ९ विकेट गुमाएर १७१ रन बनाएको थियो। 

कोलकाताका लागि कप्तान नितेश राणाले ३१ बलमा  ३ चौका र तीन छक्का प्रहार गर्दै  ४२ रन बनाए। 

रिंकु सिंहले  ३५ बलमा  ४ चौका र १ छक्का प्रहार गर्दै ४६ रन बनाए। आन्द्रे रशेलले  २४ र जेसन रोयले २० रन बनाए। 

बलिङतर्फ माक्रो जनसेन र नटराजनले दुईदुई विकेट लिए। त्यस्तै भूवनेश्वर कुमार, कार्थिक त्यागी, एडेन मारक्रम र मयंक मार्कन्डेले एकएक विकेट लिए। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर