आज २५६७औँ बुद्धजयन्ती । यस अवसरमा आज लुम्बिनीमा शान्ति पदयात्रा गरिएको छ । पदयात्रामा बुद्धसँग सम्बन्धीत विभिन्न संघ संस्थाले झाँकी सहित र्याली गरेका छन् । र्यालीमा स्थानीय नागरिक, बौद्धमार्गी, विभिन्न गुम्बाका भिच्छुहरु, विद्यार्थीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, लुम्बिनी विकास कोषका पदाधिकारी, सुरक्षा निकाय लगाएत विभिन्न देशका बौद्ध भिच्छुहरुको सहभागिता रहेको थियो ।
बुद्ध जयन्ती मनाउन बुद्ध जन्मस्थल लुम्बिनी रङरोगन र सरसफाइ गरी सिँगारिएको छ । मन्दिर परिसर, अशोक स्तम्भलगायतका क्षेत्र सफा गरेर सुन्दर बनाइएको छ भने मन्दिर र पवित्र उद्यान क्षेत्रमा झिलिमिली बत्ती जडान गरिएको छ । लुम्बिनीवरिपरि स्वागतद्वार, तुल, ब्यानर राखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार लुम्बिनीमा आयोजित हुने विशेष औपचारिक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।