नेभिगेसन मेनु

साइबर सुरक्षामा सरकार संवेदनशील छ : सञ्चारमन्त्री शर्मा
सम्पादक:南亚网络电视
समय:2023-05-02 15:45

thumb (3)

सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षामा सरकार संवेदनशील रहेको बताएकी छन् । उनले विगतमा सरकारी वेबसाइटहरूमाथि भएको साइबर हमलासहितका घटनाहरूबाट पाठ सिकेर सरकारले यथाशीघ्र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने बताइन् ।

‘साइबर सुरक्षाबारे विगत घटनाबाट सिकेर त्यसबारे अध्ययन र छानबिन गर्न सरकारले कार्यदल बनाएको थियो । कार्यदलको अध्ययनपछि सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको काम अघि बढाएको छ, अहिले हामीले त्यसबारे नीति बनाउने काम अन्तिम चरणमा पुर्‍याएका छौं,’ मन्त्री शर्माले भनिन् ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने नारासहित मन्त्रालयले मंगलबार गरेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विशेष समारोहमा मन्त्री शर्माले सूचना प्रविधि पछिल्लो समय मानव जीवनको अत्यावश्यक साधन बनेको बताइन् ।

‘सूचना प्रविधि कुनै समय मनोरञ्जनको साधनकारुपमा बुझिन्थ्यो, तर अहिले अत्यावश्यक साधन बनेको छ । यसको प्रयोगले आमनागरिकको जीवनलाई सहज र सकारात्मक परिवर्तन आएको छ । राज्यले नागरिकलाई पुर्‍याउने सेवा प्रवाहलाई प्रविधिले सहज र सरल बनाएको छ,’ उनले भनिन्, ‘त्यसैले यसलाई अझै विस्तार गरेर सूचना प्रविधिमा आमनागरिकको समान पहुँच पुर्‍याउनु हाम्रो दायित्व बनेको छ ।’

मन्त्री शर्माले सबै नागरिकमा सूचना प्रविधिको समान पहुँच विस्तारका लागि सरकार प्रतिवद्ध रहेको बताइन् ।

मन्त्री शर्माले सूचना तथा सञ्चार प्रविधि सम्बन्धी उपकरणहरूमा सरकारले लगाउने करको दर घटाउनुपर्ने बताइन् । ‘सूचना प्रविधि अब मनोरञ्जनको क्षेत्र होइन, विगतमा यसलाई मनोरञ्जनको साधनका रुपमा मदिराकै बराबर कर लगाउने गरिएको रहेछ,’ मन्त्री शर्माले भनिन्, ‘तर अब यो मनोरञ्जन नभएर अत्यावश्यक बस्तु नै भइसक्यो, त्यसैले यसलाई त्यहीअनुसार करको दरमा पनि फेरबदल हुन्छ, त्यसमा सरकारको ध्यानाकर्षण भइसकेको छ ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर