नेभिगेसन मेनु

संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुंगियो
सम्पादक:南亚网络电视
समय:2023-04-19 13:45

thumb (1)

संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बिहान बसेको बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रधानन्यायाधीश निुयक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको बताए । अर्को बैठकले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा भएको बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए ।

वैशाख ४ गते नेकपा एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा बसेको प्रमुख तीन दलबीचको बैठकले संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर