नेभिगेसन मेनु

भैरहवामा संस्कृति रक्षाका लागि दौैड
सम्पादक:南亚网络电视
समय:2023-04-14 15:19

running

नयाँ वर्षको अवसरमा भैरहवामा संस्कृति रक्षाका लागि दौड प्रतियोगिता गरिएको छ । हिन्दू स्वयंसेवक सङ्घ नेपाल भैरहवा विभागको आयोजनामा धर्म संस्कृति संरक्षण गर्ने उद्देश्यले संस्कृति दौडको आयोजना गरिएको हो । 

कार्यक्रम संयोजक उमाशङ्कर पाठकका अनुसार दौडमा पाँच सय ५० जना बढीको सहभागिता थियो । मिलनचोकबाट सुरु भएको दौड नारायणपथ, बुद्धचोक, लुम्बिनी गेट, वि.पी. पथ, पिपरिहया चोक, गल्लामण्डी हुँदै पुनः मिलनचोकमा आएर समापन भएको हाे ।

प्रतियोगितामा उमेश बरई प्रथम, अजयकुर्मी द्वितीय, दीपेन्द्र मौर्य तृतीय तथा सचिन कुर्मी, भरत कुर्मी, दीपकपासी, अमितकुमार केवट र कुसुम ठगुन्ना सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई रु. ११ हजार, द्वितीयलाई रु. ५ हजार १ सय, तृतीयलाई रु. ३ हजार १ सय र सान्तवना हुनेलाई एक हजार एक सय नगद पुरस्कार प्रदान गरिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर